सोमबार, असार २, २०८२

करोडौं बालबालिका श्रमको चक्रमा

नेपालखोज २०८० भदौ १९ गते १५:४०

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले विश्वभरका लाखौं बालबालिकालाई विद्यालयबाट निकालेर श्रममा लगाइएका कारण उनीहरूको भविष्य खतरामा रहेको बताएको छ ।

आइएलओका महानिर्देशक गिल्बर्ट हङबोले ब्रिटिश ब्रोडकास्टिङ कम्पनी बालबालिकालाई  यौनकर्मीका रुपमा काम गर्न बाध्य पारिएको यथार्थ बाल श्रमको सबैभन्दा खराब पक्ष रहेको बताए ।

हङबोका अनुसार – कोविड महामारी र मुद्रास्फीतिको संयुक्त प्रभाव पछि जीवनयापनको बढेको लागतले समस्या निक्कै बढाएको छ । यदि हामीले अहिले नै ठोस कदम चालेनौं भने यो समस्या अझ बढ्दै जानेछ ।

हङबोले न्यून र मध्यम आय भएका देशका साथै उच्च आय भएका मुलुकमा बाल श्रमिकको संख्या बढेको बताए । यी मध्ये धेरै संख्या कृषि, खानी र निर्माण क्षेत्रमा देखिएको छ । गरिबी यसको मूल कारण हो, यद्यपि विभिन्न देशमा यसका कारण फरक – फरक छन्।

मुद्रास्फीतिको प्रभाव

सन् २०२० मा संयुक्त राष्ट्र संघले करिब १६ करोड बालबालिकालाई बालश्रममा लगाइएको र यो बढ्दो संख्यालाई रोक्ने प्रयास पछिल्लो बीस वर्षमा पहिलो पटक असफल हुन थालेको देखिएको जनाएको छ ।

तथ्यांकले बाल श्रमिकको संख्या बढाउने प्रक्रिया अघि बढेको देखाएको छ । युक्रेन युद्धका कारण खाद्यान्न तथा पेय पदार्थको बढेको मूल्यले केही परिवारको जीवन कष्टकर बनेको हुङबोले बताए ।

कतिपय परिवारका लागि दुई छाक खाना खान नपाउने वा खानै नपउने अवस्था पनि सिर्जना भएको छ । फलस्वरूप, आमाबाबुले आफ्ना छोराछोरीहरूलाई यौनकर्मीका रूपमा काम गर्न बाध्य पार्छन्।

नेपालमा पनि हजारौं बालबालिका मजदुरी गर्न बाध्य छन् । यसमा बालिकाहरूको संख्या उल्लेख्य  छ । नेपालमा बालबालिकालाई काममा लगाउनु गैरकानूनी छ तर त्यहाँ खतरनाक मानिने काममा उनिहरूलाई लगाउने क्रम घटेको छैन ।

संसारभर बालबालिकालाइ यौनदेखि विडी उद्योग, इँटा भट्टा, काँस उद्योग, ढुङ्गा फोडने जस्ता काममा लगाइएको छ , जसले उनिहरुको स्वास्थ्यमा नकारात्मक असर पारेको छ ।

बाल श्रम बाल बेचबिखनसँग नजिकको सम्बन्ध छ, जसको माध्यमबाट बालबालिकालाई घरमा काम गर्न बेचिन्छ। कोभिड महामारीले पहिलेदेखि नै विद्यमान समस्याहरूमा धेरै गम्भीर आयाम थपेको छ। तथ्यांक अनुसार ठुलो संख्याका बालबालिकाले महामारीका कारण आफ्ना आमाबुवा दुवै गुमाएका थिए ।

यसरी टुहुरा भएका बालबालिकाको शोषण र श्रममा प्रयोग हुने जोखिम बढेको छ । यस्तो अवस्थामा बालबालिकालाई धर्मपुत्र – पुत्री बनाउने, कारखानामा काम गराउने र यौनका लागि बेच्ने जस्ता अपराधहरू सहज बन्दै गएका छन् ।

प्रतिक्रिया