२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ७३ वृद्ध पक्राउ
नेपालखोज
२०८० भदौ २२ गते १६:२९

झापा । झापामा २४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–३ किनारा बस्तीका ७३ वर्षीय होमबहादुर विश्वकर्मा रहेका छन् । उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीमाथि ११ वर्षीया बालिकालाई पनि बालयौन दुरुपयोग गरेको अभियोग छ ।
गत सोमवार दिउँसो ११ वर्षीया बालिकालाई ललाई फकाई पीडितकै घरमा बालयौन दुरुपयोग गरेको र भदौ १५ गते दिउँसो २४ वर्षीया महिलालाई डर त्रास देखाई बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो ।
सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया