वास्तु ज्ञान : घरमा बालबालिकाको तस्बिर राख्नुअघि

हामी सबै आफ्नो घरको भित्तामा आफ्ना छोराछोरीको फोटो धेरै मायाले टाँस्छौं । तस्बिरमा बाल्यकालका अविस्मरणीय पलहरु देखेर मन खुसीले भरिन्छ । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? यी तस्बिर राख्दा कुनै गल्ती गर्नु निकै भारी साबित हुन सक्छ र हाम्रा प्रियजनले यसको मूल्य चुकाउनुपर्ने हुन सक्छ ।
वास्तुशाश्त्रमा बालबालिकाहरूको फोटो राख्ने सम्बन्धमा केही विशेष नियमहरू छ । यी नियमहरूलाई ध्यानमा राखेर आफ्नो घरलाई बालबालिकाहरूको चित्रले सजाइयो भने घरको वातावरण धेरै रमाइलो हुनेछ र परिवमरका सदस्यहरु बीच माया/ प्रेम बढ्नेछ ।
घरको पश्चिम दिशा बालबालिका र रचनात्मकतासँग सम्बन्धित छ । यो दिशामा बालबालिकाहरूको तस्बिर राख्नु शुभ मानिन्छ। बालबालिकाको तस्बिर यहाँ राखे उ पढाइमा तीक्ष्ण हुन्छ र जीवनमा सधैं अगाडि बढ्छ ।
एउटै छोरा छ भने उसको तस्बिर दक्षिणी पर्खालमा टाँगनुपर्छ । यसबाट छोरा छिट्टै जिम्मेवार बन्छ र सम्पूर्ण परिवारलाई एक्लै व्यवस्थापन गर्ने साहस जुटाउँछ ।
यो दिशा घरको मालिकसँग सम्बन्धित छ, त्यसैले यहाँ आफ्नो एक्लो छोराको तस्विर पनि राख्न सकिन्छ । आफ्ना सन्तानको फोटो पूर्व दिशामा राख्नाले उनीहरु उज्याला र ऊर्जावान हुन्छन् । यसबाट उनीहरु जीवनमा सफल हुन्छन् र भगवान्को कृपा सँधै उनीहरुमा रहन्छ ।
बालबालिकाहरूको तस्बिर घरको उत्तर\पूर्व दिशामा राख्नुपर्छ । वास्तवमा यो दिशामा पारिवारिक फोटो राख्नु शुभ मानिन्छ । यहाँ पारिवारिक तस्बिर राख्दा पारिवारिक सम्बन्ध मजबुत हुनुका साथै परिवार बीच एकता र सौहार्दपूर्ण सम्बन्ध कायम रहन्छ ।
माथि उल्लेखित जानकारी प्रामाणिक वा वैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाई अपनाउनु वा व्यवहारमा लागू गर्नुअघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह/सहयोग आवश्यक हुन्छ ।
प्रतिक्रिया