बिहीबार, वैशाख २०, २०८१

फिटनेस : गर्भावस्थामा योग गर्दा यी कुरामा ध्यान दिनुपर्छ

नेपालखोज २०८० भदौ २३ गते ६:०१

विज्ञहरूका अनुसार योग अभ्यासले शरीरमा रोगसँग लड्ने क्षमता बलियो बनाउँछ । धेरै प्रकारका रोगहरूमा विभिन्न प्रकारका योग गर्न सकिन्छ। योग जुनसुकै उमेरका मानिसले गर्न सक्छन् । महिला हुन वा पुरुष सबैको स्वास्थ्यका लागि यो निकै फाइदाजनक छ ।

गर्भवती महिलाका लागि पनि योग लाभदायक छ । गर्भावस्थामा महिलाले आफ्नो शरीरमा बिभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ । गर्भावस्थामा स्वस्थ शिशुका लागि आमा पनि स्वस्थ हुनु आवश्यक छ । गर्भावस्थामा आमाले आफ्नो शरीरमा विशेष ध्यान दिनुपर्छ ताकि उनी राम्रो सुत्केरीका लागि शारीरिक र मानसिक रूपमा तयार हुन् ।

यस्तो अवस्थामा विज्ञहरूले खाना र पेय पदार्थसँगै हल्का व्यायाम गर्न सुझाव दिएका छन् । गर्भवती महिलाले योगाभ्यास गरे शिशु जन्माउने समयमा हुने समस्यालाई धेरै हदसम्म कम गर्न सकिन्छ । गर्भवतीहरुले योग गर्दा केही कुरामा विशेष ध्यान दिनुपर्छ ।

गर्भावस्थामा कुन योग गर्ने ?

यदि महिला गर्भवती छिन् भने उनले सबै प्रकारका योग गर्नु हुँदैन । प्रशिक्षित योग प्रशिक्षकको सल्लाहमा मात्र योग गर्नुपर्छ । गर्भावस्थामा पेटलाई बल दिने वा पेटलाई तान्न सक्ने योग आसनहरू त्याग्नुपर्छ । अर्थात् गर्भवती महिलाले चक्रासन, भुजंगासन, हलासन, धनुरासन आदि गर्नु हुँदैन ।

गर्भवती महिलाहरूलाई सल्लाह

गर्भावस्थाको पहिलो तीन महिना उभिएर योग गर्न सकिन्छ। यस्तो योगासन गर्नुपर्छ जसले खुट्टाको मांसपेशीलाई बलियो बनाउँछ र शरीरमा रक्तसञ्चार सुधार गर्छ । यी योगासनहरूको अभ्यासले खुट्टामा सूजन र कठोरतालाई पनि कम गर्न सकिन्छ ।

गर्भावस्थाको तीन महिनापछि थकाइ लाग्ने वा बढी उफ्रिनु पर्ने योगासनबाट टाढा रहनुपर्छ । यो अवधिमा गर्भवतीले प्राणायाम र ध्यान अभ्यास गर्न सक्छन्। गर्भावस्थाको चौथो र पाँचौं महिना योग बन्द गर्ने । यो अवधि गर्भवती महिलाका लागि सबैभन्दा महत्त्वपूर्ण र नाजुक अवधि हो। त्यसैले चिकित्सकको सल्लाहमा मात्र योग वा व्यायाम गर्नुपर्छ ।

गर्भावस्थाको शुरुवातमा यस्तो योग गर्नु पर्छ जसले काँध र माथिल्लो ढाड बलियो बनाउँछ। शरीरको क्षमता अनुसार योग गर्नुपर्छ । ध्यान दिनुहोस् कि यो समय महिलाहरुका लागि धेरै नाजुक हुन्छ । त्यसैले कुनै पनि योग, व्यायाम आदि गर्नु अघि, डाक्टरको सल्लाह र योग गुरुको निरीक्षणमा मात्र गर्नुपर्छ। नेट वा युट्युबको सहारामा मनलाग्दी योग गर्नुहुँदैन ।

प्रतिक्रिया