५० वर्ष मुनिका मानिसमा बढ्दो क्यान्सर

पछिल्लो तीन दशकमा विश्वभर क्यान्सरबाट ग्रसित ५० वर्ष मुनिका मानिसको संख्या बढेको हालै गरिएको एक अनुसन्धानले देखाएको छ । यद्यपि यो के कारणले भैरहेको छ भन्ने कुरा पूर्ण रूपमा स्पष्ट हुनसकेको छैन। ब्रिटिस मेडिकल जर्नल (अन्कोलोजी) मा प्रकाशित पछिल्लो अनुसन्धान अनुसार सन् १९९० देखि २०१९ को बीचमा १४ देखि ४९ वर्ष उमेर समूहका मानिसमा क्यान्सरका घटना १८ करोड २० लाखबाट बढेर ३२ करोड ६० लाख पुगेको छ । पछिल्लो ३० वर्षमा ५० वर्षभन्दा कम उमेरका मानिसमा क्यान्सरका घटनामा ८० प्रतिशतले वृद्धि भएको अनुसन्धानले देखाएको छ ।
कतिपय विज्ञका अनुसार क्यान्सर फैलिनुको कारण विश्वव्यापी जनसंख्यामा भएको बृद्धि एउटा हो भने अरु धेरै विज्ञहरुका अनुसार ५० वर्ष मुनिका मानिसहरुमा रोग पत्ता लगाउने प्रवृत्ति बढेको र त्यसले गर्दा पनि क्यान्सरका बिरामीहरु आउने क्रम बढेको विज्ञहरुले बताएका छन् ।
किन बढ्दैछ क्यान्सर ?
यो नयाँ अध्ययन गर्ने अन्वेषकहरूले खराब खानपान, सुर्ती र रक्सीको सेवनलाई क्यान्सरको जोखिम बढाउने मुख्य कारकका रूपमा पहिचान गरेका छन् । अध्ययनमा भनिएको छ- क्यान्सर जस्ता रोगहरु तिब्र रुपमा फैलनुको पछाडिका कतिपय कारण अझै अज्ञात छन् ।
प्रारम्भिक उमेरमै क्यान्सरको बोझको बढ्दो प्रवृत्ति अझै अस्पष्ट छ – अनुसन्धानकर्ताहरूले भनेका छन् । अनुसन्धान अनुसार सन् २०१९ मा ५० वर्ष मुनिका १० लाख मानिसको क्यान्सरबाट मृत्यु भएको थियो जुन सन् १९९९ को तुलनामा २८ प्रतिशतले बढी हो ।
अनुसन्धान अनुसार सबैभन्दा घातक क्यान्सर स्तन, फोक्सो, स्वास नलि र पेटको थियो भने पछिल्लो तीन दशकमा स्तन क्यान्सर सबैभन्दा बढी देखिएको थियो । यद्यपि सबैभन्दा छिटो फैलिने वा बढ्ने क्यान्सर नासोफरिन्क्स हो। यो नाकको पछाडिको भाग, घाँटीको माथिल्लो भाग र प्रोस्टेटसँग मिल्छ ।
१९९० र २०१९ को बीचमा स्वास नली र प्रोस्टेट क्यान्सरमा २।२८ प्रतिशत र २।२३ प्रतिशतको वार्षिक वृद्धि भएको थियो । यो अध्ययनका लागि अन्वेषकहरूले विश्वका २०४ देशमा २९ विभिन्न क्यान्सरको दरहरू विश्लेषण गरी २०१९ ग्लोबल बर्डन अफ डिजिज स्टडीको तथ्यांक प्रयोग गरेका थिए । अध्ययनमा भनिएको छ ( जुन देश जति विकसित छ, ५० वर्ष मुनिका मानिसलाई क्यान्सर हुने सम्भावना त्यति नै बढी देखिएको ।
२०३० सम्म क्यान्सरले अझ भयानक रूप लिने
अध्ययनले राम्रो स्वास्थ्य सेवा प्रणाली भएका धनी देशहरूमा सुरुवाति चरण मै क्यान्सर पत्ता लाग्न सक्छ तर ५० वर्षभन्दा कम उमेरका मानिसहरूमा केही प्रकारको क्यान्सर परीक्षण गर्नमा केही देशहरू मात्र सफल भएको पाइन्छ । यी प्रवृत्तिहरूका आधारमा अन्वेषकहरूले अनुमान गरेका छन् – ५० वर्ष मुनिका मानिसहरूमा विश्वव्यापी क्यान्सरका घटनाहरूको संख्या २०३० सम्ममा ३१ प्रतिशतले वृद्धि हुनेछ खासगरी ४०(४९ वर्ष उमेर समुहका मानिसहरूमा ।
एएफपी
प्रतिक्रिया