मोरक्कोमा शक्तिशाली भूकम्प, २९६ काे मृत्यु
नेपालखोज
२०८० भदौ २३ गते १०:१४

मोरक्कोको गृह मन्त्रालयले मध्य मोरक्कोमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको र कम्तीमा २९६ जनाको ज्यान गएको जनाएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको केन्द्र माराकेशबाट ७१ किलोमिटर (४४ माइल) दक्षिणपश्चिममा उच्च एटलस पर्वतमा रहेको बताएको छ । यसको केन्द्र जमिनमा १८.५ किलोमिटर गहिरो रहेको बताइएको छ ।
भूकम्पको धक्का केन्द्रबिन्दुबाट ३५० किलोमिटर टाढा रहेको राजधानी रबातमा पनि महसुस गरिएको थियो । कासाब्लान्का र एसाउइरामा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
स्थानीय समय अनुसार २३:११ मा (२२:११ GMT) भूकम्प गएको हो । भूकम्प अहिलेसम्म २९६ जनाको मृत्यु एक बासिन्दाले रोयटर्स समाचार एजेन्सीलाई माराकेशको पुरानो सहरमा केही भवनहरू भत्किएको बताएकाे छ । /bbc hindi
सम्बन्धित

प्रतिक्रिया