बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन हुँदै
नेपालखोज
२०८० भदौ २३ गते १८:४६

बेनी (म्याग्दी) । म्याग्दीको सदरमुकाम बेनीमा हुने नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ ।
म्याग्दी जेसीजको आतिथ्यतामा आगामी असोज ३, ४ र ५ गते हुने क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
क्षेत्र ख सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको सम्मेलन निर्देशक तथा म्याग्दी जेसीजका पूर्वअध्यक्ष सुविन श्रेष्ठले जानकारी दिए ।
सम्मेलनमा सहभागी हुन आउने प्रतिनिधिको आवास व्यवस्थापन, स्वागत तथा सत्कार, प्रचारप्रसारलगायतको तयारी अन्तिम चरणमा पुगेको उनले बताए ।
सम्मेलनमा क्षेत्र ख अन्तर्गतका ४१ शखाका करिब छ सयले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया