मंगलबार, फागुन १५, २०८०

मणिपुरमा गोली हानी तीन जनाको हत्या

नेपालखोज २०८० भदौ २६ गते १८:४६

मणिपुर । भारतको उत्तरपूर्वी राज्य मणिपुरको काङपोकी जिल्लामा मङ्गलबार बिहान अज्ञात बन्दुकधारीले तीन जनाको गोली हानी हत्या गरेका छन् ।

‘बिहान बन्दुकधारीले काङपोकीको कुकी–जोमी समुदायका तीन जना गाउँलेमाथि आक्रमण गरेका थिए । तीनै जना गाडीमा यात्रा गरिरहेका बेला जिल्लाको काङगुई क्षेत्रमा आक्रमण भएको थियो,’ एक अधिकारीले भने ।

आक्रमणकारीले उक्त गाडीमा एम्बुस प्रहार गरेको समाचारमा जनाइएको छ । गत शुक्रबार तेङनौपाल जिल्लाको पल्लेल सहरमा भएको हिंसामा दुई जनाको मृत्यु हुनुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए ।

गैर–आदिवासी मेइतेइ समुदायलाई अनुसूचित जनजातिको दर्जामा समावेश गरिएको विरोधमा जनजातीय प्रदर्शनको क्रममा राज्यमा ठूलो मात्रामा हिंसा भड्किएपछि मणिपुर मे ३ देखि हिंसाको चपेटामा परेको छ ।

प्रतिक्रिया