नुहाएपछि घरको मुख्य ढोकामा छर्कनुहोस् यी ३ चिज

वास्तुशास्त्रमा घरको मुख्य ढोकालाई निकै महत्व दिइएको छ । बिहान घरको मुख्य ढोकामा सकारात्मक उर्जाको भण्डार हुने विश्वास गरिन्छ। बिहानै घरका झ्याल(ढोका खोलिदिनुपर्छ भन्ने धार्मिक मान्यता पनि छ । यसो गर्नाले घरमा माता लक्ष्मीको प्रवेश हुन्छ ।
वास्तुले के पनि भन्छ भने बिहान सबै ढोका झ्यालहरू खोल्दा घरमा सकारात्मक ऊर्जा प्रवेश गर्छ र नकारात्मक ऊर्जा नष्ट हुन्छ । साथै, वास्तु अनुसार प्रात स् स्नान पछि मुल ढोकामा ३ चीज छर्कदा देवी लक्ष्मी आफ्नो घरमा प्रवेश गर्छिन् ।
बेसार पानी छर्कने
धार्मिक मान्यता अनुसार बेसारल शुभ फलदायक हुन्छ । बिहान पानीमा बेसार मिसाएर मुख्य ढोकामा छर्किनुपर्छ । यस बाट घरमा शुभता बढ्छ र देवी लक्ष्मी आफ्नो घरमा आकर्षित हुन्छिन् । बिहान पूजा गर्दा तामाको भाँडामा पानी लिइ त्यसमा एक चिम्टी बेसार हाल्ने । पूजा सकिएपछि यो पानी मुल ढोकामा छर्कने । यसो गर्नाले घर वरिपरि सकारात्मक उर्जा बढ्नेछ र घरमा कुनै पनि चीजको कमी हुनेछैन ।
गंगाजल छर्कने
धार्मिक मान्यतामा गंगाजललाई पवित्र जल मानिन्छ । भनिन्छ गंगाजलमा सबै प्रकारको नकारात्मकता हटाउने शक्ति हुन्छ । दिनहुँ घरको मुल ढोकामा गंगाजलको केही थोपा छर्कने । यसो गर्नाले तनाव हटेर मानसिक शान्ति मिल्नेछ भने घरबाट सबै प्रकारका नकारात्मकताहरु हटनेछन् ।
नुन पानी छर्कने
वास्तुमा वास्तवमा नुन पनि विशेष मानिन्छ । धेरै मानिसले आफ्नो घर दिनहुँ नुन पानीले पखाल्छन् । यसबाहेक पानीमा नुन मिसाएर हरेक दिन मुल ढोकामा छर्कदा सबै प्रकारका ब्याक्टेरिया नष्ट हुन्छन् । साथै घरमा कुनै पनि प्रकारको नकारात्मक ऊर्जा प्रवेश गर्न पाउँदैन । नुन पानी छर्कँदा सबै प्रकारका रोग तथा दोष घरबाट टाढा भाग्छन् ।
माथि उल्लेखित जानकारी प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह / सहयोग आवश्यक हुन्छ ।
प्रतिक्रिया