शुक्रबार, जेठ ४, २०८१

सातवटै प्रदेशमा बिहानैदेखि वर्षा, कस्ताे रहला दिउँसाे र राति ?

नेपालखोज २०८० भदौ २७ गते ५:५९

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाे जल तथा माैसम पूर्सावानुमान महाशाखाले जनाएकाे छ । साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको विभागले जनाएकाे छ ।

अहाले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा  बाँकी प्रदेशको एक-दुई स्थानमा  मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसाे देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशका पहाडी भू-भागका थोरै स्थानहरुमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया