शुक्रबार, वैशाख २८, २०८१

फिटनेस : रेकी थेरापी के हो ?

नेपालखोज २०८० भदौ २७ गते ७:०२

आध्यात्मिकताको संसारमा मानिसहरूको मानसिक स्वास्थ्यको हेरचाह गर्न अनेकन विधि प्रयोग गरिन्छ । रेकी पनि यस्तै उपचार विधि हो । जसको माध्यमबाट हामी आफ्नो मानसिक स्वास्थ्यको ख्याल गर्न सक्छौं । यो मानिसहरुका लागि लाभदायक उपचार विधि हो । हामी शारीरिक स्वास्थ्य र यससँग सम्बन्धित रोगहरूका बारेमा केही हदसम्म परिचित छौं र हामीलाई थाहा छ कि शारीरिक बिरामी भए उपचारका लागि कहाँ जाने हो ?

मानसिक स्वास्थ्यको कुरा गर्दा धेरैजसो मानिसलाई आफू बिरामी छ कि छैन भन्ने थाहा हुँदैन, यस्तो अवस्थामा उपचारको प्रश्न नै उठ्दैन । त्यसैले आज हामी मानसिक स्वास्थ्यसँग सम्बन्धित यस्तै एउटा उपचार विधिका बारेमा कुरा गर्नेछौँ । जुन महात्मा बुद्धको समयमा उत्पत्ति भएको थियो तर पछि यो विधि लोप भयो र जापानमा १९२० मा पुनस् पुनरुत्थान भयो। यो उपचार विधिको नाम रेकी हो।

रेकी को अर्थ ?

रेकी शब्द दुई जापानी शब्द मिलेर बनेको हो जसमा ‘रेड’ भनेको उच्च शक्ति र ‘की’ को अर्थ जीवन ऊर्जा हो । यो विधिको धर्मसँग कुनै सम्बन्ध छैन तर आध्यात्मिकतासँग छ । यसमा प्रकृतिको उर्जाले हामीलाई चलाइरहेको छ भन्ने विश्वास गरिन्छ। यो शरीर भित्र बग्छ । यो विधिमा विशेषज्ञले बिरामीको हातको हत्केलाबाट उपचार गर्छन् । जसमा उनी बारम्बार हातको मुद्रा बदलिरहन्छन् । कतिपय अवस्थामा उसले हातलाई शरीरभन्दा अलि माथि राख्छन भने कतिपय अवस्थामा शरीर र हातबीचको दूरी निकै कम हुन्छ ।

रेकी प्रक्रिया के हो ?

रेकी सुरु गर्नुअघि विशेषज्ञले बिरामीलाई सुत्न वा बस्न आग्रह गर्छन्। त्यसपछि उनले आफ्नो हातलाई शरीरका २० वटा विभिन्न भागमा सार्छन्। यसका लागि बिरामीको लुगा फुकाल्नु पर्दैन । यो प्रक्रियामा बिरामीले चाहे संगीतको आनन्द लिन सक्छन्। यो प्रक्रिया लगभग २ देखि ५ मिनेटमा सम्पन्न गरिन्छ।

यो प्रक्रियामा बिरामीको शरीरमा चोट, घाउ वा घामको किरण (सूर्यको किरणका कारण छाला जलेको) को कुनै दाग भए हातलाई त्यहाँ राखिन्छ । त्यसपछि विज्ञले आफ्नो हातमा ऊर्जा घट्दै गएको वा हात चिसो भैरहेको महसुस गरेपछि हातलाई त्यहाँबाट अर्को ठाउँमा सारिन्छ।

रेकीका फाइदा

रेकीले कुनै पनि व्यक्तिलाई शान्त पार्ने विश्वास गरिन्छ। रेकीबाट गुज्रने मानिसहरू भन्छन् -यसले उनीहरूको मन र आत्मा दुवैलाई शान्ति दिन्छ । यसबाट शरीरको भावनात्मक र मानसिक शक्तिको विकास हुन्छ । यस बाहेक यो प्रक्रियाले हृदय रोग, चिन्ता तथा डिप्रेसनबाट मुक्ति प्रदान गर्दछ। यो प्रक्रियाले नकारात्मक विचार र थकान जस्ता चीजहरूमा पनि सकारात्मक प्रभाव पार्छ ।

प्रतिक्रिया