शनिबार, जेठ ५, २०८१

एसियाली खेलकुदकाे समूह चरणमा मंगोलिया र माल्दिभ्ससँग खेल्ने

नेपालखोज २०८० भदौ २७ गते ७:४४

काठमाडाैं । नेपाली क्रिकेट टोलीले १९औं एसियाली खेलकुदमा समूह चरणमा मंगोलिया र माल्दिभ्ससँग खेल्ने भएको छ । यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तालिका थियो ।

तर समूह चरण परिवर्तन भएपछि नेपालले खेल्ने टोली पनि फेरिएको हो । नेपाल यसअघि समूह बी मा थियो । तर अव समूह ए मा नेपाल, मंगोलिया र माल्दिभ्स छन् । यसअघि समूह ए मा रहेको अफगानिस्तानले भने एसियाली खेलकुद नखेल्ने भएको छ ।

समूह बी मा जापान, कम्बोडिया र हङकङ छन् । समूह सी मा सिंगापुर, थाईल्यान्ड र मलेसिया छन् । क्वाटरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश छन् ।

नेपालले पहिलो खेल सेप्टेम्बर २७ मा मंगोलियासँग खेल्नेछ । नेपालले अक्टोबर १ मा माल्दिभ्ससँग खेल्नेछ । क्वाटरफाइनल ३ र ४ अक्टोबरमा हुनेछ । सेमिफाइनल ६ अक्टोबरमा हुनेछ । फाइनल र तेस्रो स्थानको लागि ७ अक्टोबरमा हुनेछ ।

प्रतिक्रिया