हुण्डीको शैलीमा हुन्थ्यो सुनको डेलिभरी
नेपालखोज
२०८० भदौ २७ गते १४:३५

काठमाडौं । हुण्डी कारोबारमा संलग्नहरुले भुक्तानी लिन आउनेको पहिचानका लागि पहिल्यै एउटा नोटको फोटो माग्छन् । त्योसँग मिल्दो नम्बर भएको नोट लिएर पुग्नेलाई भुक्तानी दिन्छन् ।
६० किलो सुन तस्करीमा संलग्न चिनियाँ नागरिकको गिरोहले पनि यही शैली प्रयोग गरेर सुनको बिक्री वितरण गर्ने गरेको पाइएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा चिनियाँ गिरोहको नाइकेले ह्वाट्स एपमार्फत नेपाली रुपैयाँको नोट पठाउने गरेको पाइएको हो । त्यो नोट लिएर जाने व्यक्तिलाई सुन पठाउने गरेको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एसपी सञ्जयसिंह थापाले बताए ।
‘ह्वाट्स एपमा १० रुपैयाँको नोट पठाएको पाइएको छ, त्यो नोट लिएर जाने व्यक्तिले सुन पाउने देखिएको छ’, उनले भने, ‘नोट सुन लिन पाउने मान्छेको भेरिफिकेसनका लागि प्रयोग गर्ने गरेको देखिएको छ ।’
सम्बन्धित
प्रतिक्रिया