बुधबार, फागुन ९, २०८०

भोकको आगो अझ दन्किँदै छ : संयुक्त राष्ट्र सङ्घको चेतावनी

नेपालखोज २०८० भदौ २८ गते १०:१७

विश्व खाद्य कार्यक्रम (WFP)का अनुसार उसले विश्वभरका लाखौं मानिसलाई गम्भीर भोकमरीबाट पीडितहरूलाई मद्दत गर्न ठूलो समस्याको सामना गरिरहेको छ । संस्थाले आफ्नो उपलब्ध वित्तीय श्रोतमा ६० प्रतिशतभन्दा बढी कमीको सामना गरिरहेको जनाएको छ ।

संयुक्त राष्ट्र संघको एजेन्सी विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले आर्थिक स्रोत उपलब्ध गराउने देशका सरकारहरूबाट कोषको चरम अभावको सामना गरिरहेको जनाएको छ फलस्वरूप विश्वभरका भोका मानिसहरूलाई  उपलब्ध गराइने राशनमा कटौती गर्न संस्था बाध्य भएको छ ।

डब्लुएफपीका अनुसार विभिन्न सङ्कटका कारण अन्तर्राष्ट्रिय रूपमा भोकमरीबाट पीडित व्यक्तिहरुको सङ्ख्या यति बढेको छ कि दातृ राष्ट्रहरूले उपलब्ध गराएको रकम एक प्रतिशतले पनि घटाउने हो भने करिब चार लाख मानिस भोकमरीको शिकार हुने छन् ।

भोकमरीको गम्भीर खतरा

डब्लुएफपीले संस्थाको ६० वर्षको इतिहासमा अभूतपूर्व आर्थिक अभावको सामना गरिरहेको जनाएको छ । यसबाहेक यो विश्वव्यापी कार्यक्रमको आर्थिक आवश्यकता निरन्तर बढ्दै गए पनि यसका लागि उपलब्ध स्रोतहरू घट्दै गएको अवस्थामा यो कटौती देखिएको हो ।

चरम गरिबीविरुद्ध लड्न विश्व बैंकलाई पुँजी चाहिन्छ । यस्तो परिस्थितिमा डब्लुएफपी आफ्नो सहायता सञ्चालनको लगभग आधा निलम्बन गर्न बाध्य भएको छ।

अफगानिस्तान, सिरिया, सोमालिया र हाइटी त्यस्ता संकटग्रस्त देशहरू हुन् जहाँ यो अभावका कारण लाखौं मानिस सबैभन्दा बढी प्रभावित छन ।

अर्को वर्ष पनि संकट जारी रहने

राष्ट्रसंघीय निकायले जारी गरेको विज्ञप्ति अनुसार आर्थिक अभावको वर्तमान अवस्था यस्तै रहे आगामी वर्ष विभिन्न देशका २४ करोड मानिस आपतकालीन रूपमा भोकमरीको शिकार हुने खतरा पनि छ ।

विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक सिन्डी म्याककेनले जारी गरेको विज्ञप्ति अनुसार मानव भोकमरीको स्तर र संक्रमितको संख्या अहिले रेकर्ड स्तरमा छ, त्यसैले दातृ राष्ट्रहरूले यसलाई घटाउनुको सट्टा आर्थिक सहायता बढाउनु पर्छ । उनले भने, ‘हाम्रो संस्थाले प्रभावित जनतालाई थप विनाशकारी अवस्थाबाट बचाउन आवश्यक सहयोग नपाए भविष्यमा विश्वभर द्वन्द्व, अशान्ति र भोकमरी बढ्नेमा कुनै शंका छैन ।’

सिन्डी म्याककेनले पनि आफ्नो अपीलमा भनेका छन् – हामी कि त अहिले विश्वव्यापी अस्थिरताको आगो निभाउन सक्छौं वा यो ठूलो आगोलाई सकेसम्म चाँडो निभाउन हामी मिलेर काम गर्न सक्छौं ।

स्रोत : एपी / डीपीए

प्रतिक्रिया