आइतबार, वैशाख १६, २०८१

टर्कीमा ९ लाख वर्ष पुरानो जनावरको जीवाष्म फेला

नेपालखोज २०८० भदौ २८ गते १३:१४

काठमाडौं । दक्षिण-पश्चिम टर्कीमा ९ लाख वर्ष पुरानो जनावरको जीवाष्म फेला परेको छ।

अनुसन्धानकर्ताहरुको एक समूहले दक्षिण-पश्चिम टर्कीमा उत्खननका क्रममा ९ लाख वर्ष पुरानो जनावरको जीवाश्म फेला पारेका हुन्।

फेलिडे प्रजातिको एक दुम्सी र अन्य पंक्षीहरूको जीवाष्म फेला परेको हो। सन् २०१७ देखि डेनिजली प्रान्तको ताभास जिल्लामा अनुसन्धानकर्ताहरुको समूहद्वारा जारी उत्खननको एक भागको रूपमा यी जीवाश्महरु फेला परेका हुन्।

अनुसन्धानको नेतृत्व गर्ने बर्दुर मेहमेट अकिफ एरसोय विश्वविद्यालयका मानवशास्त्री अहमद इहसान आयटेकले दुम्सी एनाटोलियामा दुर्लभ प्रजाती भएको र यसको जीवाष्म फेला पार्नु ठूलो सफलता भएको बताए।

अनुसन्धानकर्ताहरूले यसअघि उत्खनन स्थलमा हात्ती, गैंडा, जिराफ, घोडा, मृग र हरिणलगायतका १५ जनावरको जीवाष्म फेला परेको बताएका थिए।

प्रतिक्रिया