शुक्रबार, फागुन ११, २०८०

पुटिन र किमबीच उपहारस्वरूप ‘राइफल’ आदानप्रदान : क्रेमलिन

नेपालखोज २०८० भदौ २८ गते १८:३१

मस्को । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबीच रूसको सुदूर पूर्वमा भएको उच्चस्तरीय शिखर वार्तापछि क्रेमलिनले बिहीबार एकअर्कालाई राइफल उपहार दिएको जनाएको छ ।

पुटिनले पश्चिमा मुलुकबाट बहिष्कृत भएका अन्य कट्टरपन्थी नेताहरूसँग गठबन्धनलाई मजबुत बनाउने प्रयास गरेको छ र हतियार सम्झौतामा सहमत हुने अड्कलबाजीबीच किमसँग भेट गरेका छन् ।

‘पुटिनले ‘किमलाई हाम्रो उत्पादनमध्ये उच्च गुणस्तरको राइफल दिनुभयो,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने । बदलामा पुटिनले उत्तर कोरियामा निर्मित राइफल पनि उपहाररूवप प्राप्त गरेका छन् ।

उनले किमको रूस भ्रमण अझै केही दिन लम्बिने बताएका छन् । उत्तर कोरियाली नेता मङ्गलबार रूस पुगेका थिए ।

युक्रेनमा रूसको पूर्ण आक्रमणका कारण रूसपश्चिम र उसका केही परम्परागत साझेदारबाट अलग्गिएको अवस्थामा दुई नेताबीचको मैत्रीपूर्ण सम्बन्ध बनेको हो ।

अमेरिकी अधिकारी र विज्ञहरूले युक्रेनमा प्रयोग हुने गरी उत्तर कोरियाली गोलाबारुद खरिद गर्न रूस इच्छुक रहेको बताएका छन् ।

प्रतिक्रिया