शुक्रबार, जेठ ४, २०८१

शुक्रबार प्रदर्शन : आजदेखि ‘नाङ्गो गाउँ ‘ तथा ‘एक भागवत र एक गीता’

नेपालखोज २०८० भदौ २९ गते ११:१९

काठमाडौं । आज देशभरका सिनेमा हलमा दुई नेपाली नयाँ नेपाली फिल्म ‘नाङ्गो गाउँ ‘ तथा ‘एक भागवत र एक गीता’ प्रदर्शनमा आएका छन् ।

फ्राइडे रिलिज अन्तर्गत प्रदशर्नमा आएका फिल्ममध्ये ‘नाङ्गो गाउँ’ को निर्देशन दीपेन्द्र लामाले गरेका हुन् भने ‘एक भागवत र एक गीता’ लाई झरना थापाले निर्देशन गरेकी हुन् । यी दुवै फिल्मले सिंगल स्क्रिनदेखि मल्टिप्लेक्स हलसम्म राम्रो शो पाएका छन् ।

सुनिल कुमार थापाद्वारा निर्मित ‘एक भागवत र एक गीता’ मा विपिन कार्की, धीरज मगर, सुहाना थापा, कवीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, रामकैलाश ठाकुर, धीरज ठाकुरलगायत कलाकारको अभिनय छ ।

यो फिल्मको कन्सेप्ट अभिनेत्री सुहाना थापा र कथा तथा निर्देशक झरना थापाको हो ।झरनासँगै सरिन पोखरेल, परिक्षेद सेन, पुरुषोत्तम ढुंगेल र कृष्णको पटकथा रहेको चलचित्रमा परिक्षेद र पुरुषोत्तमको संवाद छ ।

सुहाना इन्टरटेनमेन्ट र सुनिलकुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा राजेश श्रेष्ठको छायांकन, मित्र डि गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर, हर्कुलस बस्नेत, आशिष अविरल, प्रवेश मल्लिक र बाबुल गिरीको संगीत र शंकर अधिकारी ‘घायल’को शब्द रचना छ ।

हिमाल कडरिया प्रस्तुतकर्ता रहेको ‘नाङ्गोगाउँ’ मा जय श्रेष्ठको लगानी छ भने फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।

क्लक वर्क क्रियसनको व्यानरमा निर्माण भएको यो फिल्ममा निर्देशक लामाकै कथा, पटकथा तथा संवाद लेखन छ ।

यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, कार्म, बुद्धि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङलगायतको अभिनय छ । यो फिल्ममा एसडी योगी र दीपक शर्माको संगीत, बनिष शाहको सम्पादन छ ।

प्रतिक्रिया