शनिबार, फागुन १९, २०८०

रूसी आर्थिक वृद्धिदर सुस्त हुने गभर्नरको चेतावनी

नेपालखोज २०८० भदौ २९ गते २१:२९

मस्को । रूसको केन्द्रीय बैंकका गभर्नर एल्भिरा नाबिउलिनाले सन् २०२३ को उत्तराद्र्धमा रूसको आर्थिक वृद्धिदर सुस्त हुने चेतावनी दिएका छन् ।

लगातार उच्च मुद्रास्फीति र कमजोर रूबलको बावजुद रूसी अधिकारीहरूले युक्रेनमा मस्कोद्वारा लादिएको युद्धको आर्थिक प्रभावलाई धेरै हदसम्म बेवास्ता गरेका छन् ।

‘हामीले यस वर्षको उत्तराद्र्धमा वृद्धिदर अझ मध्यम हुने अपेक्षा गरेका छौं,’ बैंकले दुई महिनामा तेस्रो पटक प्रमुख दर बढाएपछि आयोजित पत्रकार सम्मेलनमा नबिउलिनाले भने ।

‘यो द्रूत सुधार आर्थिक वृद्धिको अवधिपछि स्वाभाविक हो । आर्थिक वृद्धिको दर स्रोतको उपलब्धता, मुख्यतः श्रमद्वारा सीमित बनेको छ,’ उनले भने ।

बैंकले सन् २०२३ मा १.५ देखि २.५ प्रतिशतको आर्थिक वृद्धिको अनुमान राखेको छ तर सन् २०२४ का लागि यसलाई घटाएर अधिकतम ०.५–१.५ प्रतिशतमा झारेको छ ।

केन्द्रीय बैंकले कमजोर रूबल र मुद्रास्फीतिको कारण देखाउँदै आफ्नो प्रमुख दरलाई एक प्रतिशत बिन्दुले बढाएर १३ प्रतिशत पुर्याएको घोषणा गरेको छ ।

प्रतिक्रिया