मंगलबार, जेठ १, २०८१

मान्छे, सम्बन्ध र जीवन

कृष्ण कॅंडेल २०८० भदौ ३० गते ५:३४

जुन शक्तिले यो जगत बनायो, जगत चलाउन नियम बनायो
धर्तिमा जीवन जस्ले पठायो ‘।

आदरणीय गुरूदेव श्री रमेश नेपालको शब्दमा रहेको यो गीत यु ट्युवमा सुन्दै थिएं ,मेलवर्न शहरमा । काठमान्डैबाट करिव दश हजार किलोमिटर टाढा रहेको अष्ट्रेलियाको मेलवर्न शहर, त्योभन्दा आधा घन्टा परको दुरीमा फरेष्ट हिलमा बस्छन् छोराबुहारी नाति नातिना । उनिहरूको खुशीमा खुशी मिसाउन केही महिना देखी यतै छौं ।मध्यान्तर पछीको जीवन हो हाम्रो । चलन चल्तिको भाषामा भन्नुपर्दा नाफाको जीन्दगी हो ।

१२ वर्ष अघी मुटुमा पुग्ने रक्तसंचार नली ब्लक भएपछी काठमान्डौ को शहीद गंगालाल अस्पतालमा डाक्टर रवि मल्लले एनजीओ प्लास्ट गरेर मेरो जीवन जोगाएका हुन । शायद संसार धेरै देख्नु थियो ,भोग्नु थियो र त जुन शक्तिले मलाई मेरो जीवन उपहार दिएको थियो ,त्यही शक्तिले मृत्युको मुखबाट बाहिर ल्यायो । अहिले जीवन र जगत बुझ्ने ,सृष्टी र सृष्टी कर्तालाई चिन्ने र बुझ्ने अवसर प्राप्त भएको छ । त्यस अर्थमा मैले मेरो भगवानलाई धन्यवाद दिनै पर्छ । सानु छॅंदा देखीनै ईश्वरप्रति मेरो अगाध विश्वास हो । सांसारिक भएपछी ईश्वरको सेवामा पूर्णत समर्पण हुन नसके पनि नाम स्मरणमा चुक हुन दिएको छैन जस्तो लाग्छ ।मलाई यस्तो लाग्छ यो संसार चलाउने शक्तिलाई जुन जुन नामवाट पुकारे पनि आखिर ब्राहाम्डको नायक त एउटै हो ।

सन् २०१८ को अन्ततिर मेरी सहधर्मिणी यमुना जी पनि गंभिर विरामी हुनभयो ।उहां पूर्ण स्वस्थ्य हुन तिन बर्ष भन्दा बढीनै लाग्यो । ति तिन बर्ष मेरा लागि निकै चुनौतिका पहाड बनेर उभिए । म विचलित भईन किनभने भगवान बाबा ले पाईला पाईलामा मलाई गाईड गरेको आभास भैरहन्थ्यो ।ईश्वरको असिम कृपाभयो हाम्रो परिवारलाई ।यमुना जी पूर्ण स्वस्थ्य भएको देख्ने शुभचिन्तक र ईष्टमित्रले मलाई धन्यवाद दिनु हुन्छ तर म भन्छु धन्यवाद र आभार त त्यही शक्तिलाई दिनुपर्छ जुन शक्तिले उहांलाई पुनर्जन्मदियो । त्यसो त डाक्टरहरूको यथोचित उपचार, घर परिवार, ईष्टमित्र स्वजनहरूको मायां, प्रेम र सद्भाव त आफ्नो ठाऊॅंमा छॅंदै थियो । मैले आफन्नो नितान्त व्यक्तिगत अनुभव यहांहरू समक्ष किन प्रेषित गरिरहेको छु भने दृढ आत्म विश्वास का साथ हिडीयों भने ईश्वर पनि भक्तको कांध थपथप्याऊॅंदै साथमै हिंड्न कर लाग्छ। तसर्थ जस्तोसुकै परिस्थिती र अप्ठ्यारा दिनहरू किन न आउन अथवा तपाई खुशीमा पनि ईश्वरलाई संझी रहनुभयो भने समय कहिले पनि खराव हुंदैन । समय र जीवन त तपाईंकै हातमा छ ।

यो भौतिक शरिर नासवान छ ।जन्मे पछी जोडिन आउने सवै क्षणिक सुख दुःखका पात्र हुन्।ति पात्रहरू कोही बाबु बनेर आए ,कोही आमा बनेर आए,कोही श्रीमती बनेर आए ,कोही छोरा बनेर आए त कोही छोरी बनेर आए। त्यही संवन्धको डोरीले नाता गोता कुल कुटुम्ब को लामो जालो फैलियो ।त्यहीं मायांको जालोमा हाम्रो सांसारिक जीवन अघी बढीरहेको छ ,बढाऊॅंदै छौं ।यहां होस पुर्याएर विचार गर्नै पर्ने कुरा के छ भने पहिले तपाई आफु हो । तपाई सक्षम नभए तपाईलाई तपाईको आफ्नै घर परिवार छर छिमेक कसैले साथ दिनेवाला छैन ।गीता र महाभारतले हामीलाई सिकाएको त्यही हो । आफुलाई कमजोर सावित गर्दै युद्ध मैदान बाट पिठ फर्काएर हिंडन खोजेका अर्जुनलाई श्री कृष्णले संझाउदै भन्नु भएको थियो (नाता गोता नहेर अर्जुन आफु र आफ्नो कर्तव्य संझ र अघी बढ ।

आफ्नो जीवनको प्रकाश आफैं खोज्ने हो किनभने सिताका सबै थोक राम थिए तर रावणले अपहरण गर्दा राम नै थिएनन् । दुस्खका दिनमा कोही नहुन सक्छन ,त्यसैले मानसिक रुपमा आफू सक्षम बनौं । आफै भित्र ठुलो शक्ति छ । तसर्थ आफ्नो सम्मान गरौं । द्राौपदीका ५ रक्षक थिए तर निर्वस्त्र बनाउदा कोही साहारा भएन । दशरथका ४ पुत्र थिए तर पुत्र वियोगमै उनले प्राण त्याग्नु पर्यो । रावणका सेना तिनै लोकमा बलशाली थिए तर लंका जल्दा कोही भएनन् । हामीले ईतिहासमा पढेका छौं ,आफ्नै जीवनका भोगेका पनि हुन सक्छौं शक्तिशाली भनिने राजा महाराजाहरूको सत्ता ढलेको ,दुःखका दिनमा कसैले साथ नदिएको । त्यैसैले भनिएको होला आफु भलो त जगत भलो ।

प्रतिक्रिया