सोमबार, वैशाख १७, २०८१

भारतकी यी आठवर्षे पर्वतारोही विमान उडाउन चाहन्छिन्

नेपालखोज २०८० भदौ ३० गते १५:२८

पन्जाब । आठ वर्षकी सान्भी सूद रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल चढ्ने सबैभन्दा कान्छी महिला पर्वतारोही हुन्। उनी भारतको पन्जाबमा बस्छिन्।

उनी यसअघि सगरमाथाको आधारशिविर पनि पुगेकी थिइन्। उनले अफ्रिकाको किलिमन्जारो र अस्ट्रेलियाको कोजीओस्को पनि चढिसकेकी छन्।

सान्भीको हिमाल चढ्ने इच्छाले कुनै बेला परिवार दुबिधामा परेको उनका बुवा बताउँछन्। तर परिवारले उनलाई सहयोग गर्‍यो र उनले विभिन्न कीर्तिमान राख्न पाइन्।

प्रतिक्रिया