शुक्रबार, चैत ७, २०८१

महँगा स्वास्थ्य उपकरण अस्पतालका कोठामा थन्किए   

नेपालखोज २०८० भदौ ३० गते १५:३३

लुम्बिनी । दैनिक दुई हजार पाँच सयसम्म बिरामी उपचारका लागि आउने लुम्बिनी प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवासहित दुई दर्जन बढी स्वास्थ्य सेवा उपलब्ध छ ।

Advertisement

अस्पतालमा स्वास्थ्य सेवा लिन आउनेमा मुटु, मिर्गौला, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामीको सङ्ख्या अधिक रहेको छ ।

पछिल्लो समय मानिसको स्वास्थ्यमा जटिल देखिएका मुटु, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामीका लागि सहज, सुलभ र प्रभावकारी उपचारको व्यवस्था छैन ।

बिरामीको उपचारका लागि आवश्यक परीक्षण र उपचारको समेत सहज प्रबन्ध नहुँदा निजी तथा जिल्ला बाहिरका अस्पतालमा पुगेर महँगो सेवा लिनुपर्ने बाध्यता छ ।

सर्वसाधारणका लागि निःशुल्क ओपिडी सेवा, अति विपन्नलाई बेडमा समेत छुट र बीमाको समेत प्रबन्ध गरिएकाले अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा सर्वसाधारणको आकर्षण बढाएको छ । यद्यपि नसर्ने प्रकारका गम्भीर रोगको परीक्षण र उपचार दुवै प्रभावकारी हुन सकिरहेको छैन ।

प्रतिक्रिया