गोरखामा बसको ठक्करले मोटरसाइकल चालकको मृत्यु
नेपालखोज
२०८० भदौ ३० गते १७:२६

गोरखा । गोरखामा शनिबार भएको दुई छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
गोरखा–भच्चेक सडकखण्डको सिरानचोक गाउँपालिका–४ अमराइमा शनिबार बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २७ बर्षका रामलाल कुमाल रहेको प्रहरीले जनाएको छ ।
भच्चेक बजारबाट गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग १ ख ९७३६ नम्बरको बस र विपरीत दिशातर्फ जादै गरेको ग ७ प १५१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।
सम्बन्धित
प्रतिक्रिया