शुक्रबार, जेठ ४, २०८१

वास्तु ज्ञान : फेंग शुईले ल्याउँछ जीवनमा सकारात्मक परिवर्तन

नेपालखोज २०८० भदौ ३१ गते ६:००

हिन्दुवास्तु शास्त्र जस्तै चिनियाँ वास्तुशास्त्र फेंग शुईले जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ। व्यक्तिगत र व्यवसायिक जीवनमा परिवर्तन ल्याउन हाम्रो मानसिकता सकारात्मक हुनुपर्छ । उपचार भनिने फेंग शुई वस्तुहरूले यसमा महत्त्वपूर्ण भूमिका खेल्छन्। फेंग शुईले घरको भित्री भागलाई आकर्षक बनाउनुका साथै घरको नकारात्मक उर्जालाई घटाएर सकारात्मक उर्जा बढाउँछ । यसको पूर्ण लाभ प्राप्त गर्न ज्योतिष र वास्तु(फेङ्शुई नियमहरू एकसाथ प्रयोग गर्नुपर्छ।

चमत्कारी फेंग शुई सिक्का

फेंग शुई सिक्काले हाम्रो धनको रक्षा गर्दछ र यो कहिल्यै अन्त्य नहुने धनको प्रतीक हो । हामि आफ्नो पर्समा रातो रिबनमा बाँधेर तीनवटा चिनियाँ फेंग शुई सिक्का राख्न सक्छौं । यसले धन र भाग्यलाइ सक्रिय राख्छ । यी सिक्कालाइ कबाड , लकर, नगद(बक्स, गल्ला , ढुकुटि , सेफ आदिमा पनि राख्न सकिन्छ। यसलाई उपहार दिनु निकै शुभ मानिन्छ ।

लाफिङ बुद्ध

लाफिङ बुद्धको मूर्तिलाई धन, सुख र सौभाग्यको प्रतीक मानिन्छ। लाफिङ बुद्धको हँसिलो अनुहारले हामीलाई ‘दुस्खी नहुनु, सधैं प्रसन्न रहनु’ भन्ने प्रेरणा दिन्छ। लाफिङ बुद्धको बढेको पेटले परिवारका सदस्यहरूको दुःखलाई उनक‍ पेटभित्र समाहित गर्छ र हामीलाई खुशी दिन्छ । लाफिङ बुद्धको मुर्ति मुख्य प्रवेशद्वारतर्फको ड्रइंग रुम र लबी क्षेत्रमा राख्नु उपयुक्त हुन्छ ।

दोहोरो खुशीको प्रतीक चिन्ह

फेंग शुईमा सबैभन्दा शक्तिशाली प्रतीक डबल खुशीको प्रतीक हो। यसलाई घरमा लगाउनाले घर खुशीले भरिन्छ, घरका सदस्यहरूबीचको सम्बन्ध मधुर रहन्छ। यो सुत्ने कोठाको दक्षिण(पश्चिम कुनामा राख्नाले पति(पत्नीको सम्बन्ध बलियो हुन्छ। यसलाई विवाहयोग्य युवक वा युवतीको कोठामा राख्दा चाँडै विवाह हुन्छ भन्ने मान्यता छ ।

रत्न जडित रुख (रत्नको बिरुवा)

ज्योतिषीय दृष्टिकोणले रत्नले जडित रुखको ठूलो महत्व छ । ज्योतिषशास्त्रमा सम्बन्धित ग्रहहरूमा रत्नहरूको अनुकूल वा प्रतिकूल प्रभावलाई महत्त्वपूर्ण मानिन्छ। रत्नको प्रभावले व्यक्तिलाई सौभाग्य, कीर्ति, सुख(समृद्धि र वांछित सफलता प्राप्त हुन्छ। पूजास्थलमा रत्नको रुख स्थापना गर्नाले घरको भण्डार आदिमा अन्नको अन्त्य हुँदैन । कार्यालय र पसल भित्र रत्न जडित रुख राख्नाले धन र समृद्धि बढ्छ ।

तीन खुट्टा भएको भ्यागुता

घरमा तीन खुट्टा भएको भ्यागुता राख्नु धन र सौभाग्य प्राप्तिका लागि शुभ मानिन्छ । यसको मुखमा सिक्का हुन्छ । घरको मुख्य ढोकाको छेउमा यसलाई यसरी राखिन्छ कि घर भित्रबाट हेर्दा यसले घरमा पैसा ल्याइरहे जस्तो देखिन्छ । यसको अनुहार घरको बाहिर तर्फ हुनु हुँदैन भने यसलाई भान्साकोठामा राख्नु हुँदैन।

एजुकेशन टावर

पढाइमा मन नलाग्ने बालबालिकाले अध्ययनको टेबुलमा एजुकेशन टावर राख्दा फाइदा हुन्छ । परीक्षामा राम्रो अंक ल्याउन अध्ययन टेबुलमा वा कोठामा राखिन्छ ।

त्रिशक्ति स्वस्तिक, ओम र त्रिशूल

घरको मुख्य द्वारमा त्रिशक्ति लगाउनाले दुष्ट शक्ति भित्र पस्दैन। यसलाई आफ्नो कार, बाइक, स्कुटर, नगद(बक्स आदिमा पनि राख्न सकिन्छ। सवारीसाधनमा जडान गर्दा यसले सवारी दुर्घटना बाट जोगाउँछ ।

कछुवा दीर्घायुको प्रतीक

कछुवालाई दीर्घायुको प्रतीक मानिन्छ । यसको बलियो खोलले हामीलाई रोगहरूबाट जोगाउँछ र हामीलाई दीर्घायु दिन्छ। धन वृद्धिमा पनि यसको महत्त्वपूर्ण स्थान छ । यसलाई घरको उत्तर दिशामा राखिन्छ ।

माथि उल्लेखित जानकारी प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाइ अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह -सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया