जीवनको अपरिवर्तनीय तितो सत्य

तपाईं जिम्मेवार हुनुहुन्छ । तर के तपाईंले कुनै गल्ती गर्नुभयोरु यदि हो भने त्यो गल्ती सच्याउनुहोस्। यदि तपाई कुनै कारणले दुखी हुनुहुन्छ भने आफ्नो समस्या र निराशा हटाउने उपाय आफैं खोज्नुहोस् । किनभने यदि तपाई सोच्नुहुन्छ कि कोही आएर तपाईंको सबै दुस्ख हटाइदिनेछ वा कुनै दैवी व्यक्तिले तपाईको सबै समस्या समाधान गर्नेछन् भने तपाई यो सपनाको संसारबाट बाहिर आउनुपर्छ ।
यदि यो संसारमा तपाईंको समस्या समाधान गर्ने कोही छ भने, तपाईं मात्र हुनुहुन्छ।
तपाईंक समस्या अरु कसैले बुझ्न सक्दैनन न त तपाईंको दुखको अन्त्य नै गर्न सक्छन । तपाईं आफ्नो समस्या, आफ्नो दुख, आफ्नो खुशी र आफ्नो कमजोरीका लागी स्वयं जिम्मेवार हुनुहुन्छ । तपाईंले जति चाँडो यो कुरा बुझ्नुहुन्छ, तपाईंका लागि राम्रो हुनेछ ।
जीवनमा ‘सही समय’ भन्ने जस्तो कुनै चीज हुँदैन । यदि तपाई विवाहका लागि सही समयको पर्खाइमा हुनुहुन्छ भने आफ्नो करियर निर्माण गर्नुहोस्, नयाँ व्यवसाय सुरु गर्नुहोस् । तर यदि कसैलाई धेरै माया गर्नुहुन्छ र प्रपोज गर्नका लागि सही समयको पर्खाइमा हुनुहुन्छ भने यसमा सही समय जस्तो केहि कुरा हुँदैन । या त काम सकियोस् वा नसकियोस् सहि समयको प्रतीक्षा नगर्नुहोस्, जुन काम गर्नैपर्छ त्यो पूरा गर्नुहोस् ।
हार अनिवार्य छ
हामी हारलाई नकारात्मक शब्द भन्छौं तर वास्तविकतामा यो संसारमा असफलताभन्दा ठूलो पाठ अरू केही छैन। तपाईं ती व्यक्तिहरूको सूची बनाउनुहोस जसले सफलता अघि असफलता वा धेरै ठुलो संघर्षको सामना गर्नुपर्यो। यस्ता मानिस बल्गेल्ती भेटिन्छन् । असफलताको सामना गरेपछि नै मानिस बलियो हुन्छ र आफ्ना लागि सही चीज छनौट गर्न सक्छ।
समय नहुनु भ्रम मात्र हो
यदि कसैले तपाईलाई समयको अभावले फोन गर्न सकिन वा समयको अभावले तपाईलाई भेट्न सम्भव छैन भन्यो भने उसले तपाईलाई भ्रममा पारेक मात्र हो। कसैलाई भेट्न वा सम्पर्क नगरेको बहाना गर्नु भनेको आफूलाई धोका दिनु हो । किनभने यो सबै प्राथमिकताको कुरा हो । यदि अगाडिको व्यक्ति तपाईंका लागि महत्त्वपूर्ण छ वा तपाईं उनीहरूका लागि महत्त्वपूर्ण हुनुहुन्छ भने समय नहुनु एउटा बहाना मात्र हो ।
प्रतिक्रिया