मंगलबार, असार १७, २०८२

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो ?

नेपालखोज २०८० भदौ ३१ गते १३:५०

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले एक सूचना जारी गर्दै आजै दिउँसो १ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमको जारी गरेको सूचना अनुसार पेट्रोल तथा डिजेल– मट्टितेलमा क्रमशः प्रतिलिटर १.१२ / २.९१ रुपैयाँले वृद्धि गरेको जनाएको छ ।

यससँगै अब नयाँ मूल्यअनुसार तेस्रो वर्गको पेट्रोल १८३, दोस्रो वर्गको १८२ र पहिलो वर्गको पेट्रोल १८०.५० रुपैयाँ प्रतिलिटर पर्न गएको छ ।

प्रतिक्रिया