सोमबार, वैशाख १०, २०८१

उमेर अनुसार कति हुनुपर्छ तौल ?

नेपालखोज २०८० असोज १ गते ६:०७

नवजात शिशुको तौल

विज्ञहरूका अनुसार छोरा हुन वा छोरी नवजात शिशुको तौल ३.३ किलो हुनुपर्छ ।

१ वर्षको शिशु

९ महिनादेखि एक वर्षसम्मको छोराको तौल १० केजी तथा छोरीको तौल ९.५ केजी हुनुपर्छ ।

२ देखि २.५ वर्ष

२ देखि २.५ वर्षको केटाको तौल १२.५ केजी र सोही उमेरकी केटीको तौल ११.८ केजी हुनुपर्छ ।

६ देखि ११ वर्ष

६ देखि ८ वर्षकी केटीको तौल १४ देखि १७ केजी र केटाको तौल १४ देखि १८.७ केजी हुनुपर्छ भने ९ देखि ११ वर्षकी बालिकाको तौल २८ देखि ३१ केजी र बालकको तौल ४० देखि ३१ किलो हुनुपर्छ ।

१२ देखि १४ वर्ष

१२ देखि १४ वर्षको किशोरको तौल ३८ देखि ४२ केजी र किशोरिको तौल ३२ देखि ३६ केजी हुनुपर्छ । १५ देखि २० वर्षको उमेरमा केटिको तौल ४० देखि ५० केजी र केटाको तौल ४५ देखि ५५ केजी हुनुपर्छ ।

२० देखि ४० वर्ष

२१ देखि ३० वर्षको पुरुषको तौल ६० देखि ७० केजी र महिलाको तौल ५० देखि ६० केजी हुनुपर्छ ।
३० देखि ४० वर्षको उमेर समूहका पुरुषको तौल ६० देखि ७५ केजी र महिलाको तौल ६० देखि ६५ केजी हुनुपर्छ ।

४१ देखि ५० वर्ष

४१ देखि ५० वर्ष उमेरका पुरुषको तौल ६० देखि ७० केजी र महिलाको तौल ५९ देखि ६३ केजी हुनुपर्छ ।

५० भन्दा माथि

५१ देखि ६० वर्ष उमेरका पुरुष औसत तौल ६० देखि ७० केजी र महिला ५९ देखि ६३ केजीको हुनुपर्छ।

विशेष जानकारि : यो समाचार सामान्य जानकारीमा आधारित छ । यसमा बसोबास क्षेत्र , बिमारि ,उँचाइ आदि कुराले पनि प्रभाव पार्ने हुँदा पक्का जानकारिका लागि विशेषज्ञको प्रत्यक्ष सल्लाह लिनुपर्छ ।

प्रतिक्रिया