मंगलबार, असोज १६, २०८०

पर्व विशेष मेला असोज ३ देखि

नेपालखोज २०८० असोज १ गते ७:२४

चितवन । उद्योग सङ्घ चितवनको आयोजना र नेपाली जुत्ता घरको सहकार्यमा पर्व विशेष मेला, २०८० हुने भएको छ । उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा यही असोज ३ देखि कात्तिक २ गतेसम्म मेलाको आयोजना गर्न लागिएको हो ।

एक महिनासम्म सञ्चालन हुने मेलामा जुत्ता, चप्पल, खाद्यान्न, लत्ताकपडा, खसी, बोकालगायतका उपभोग्य वस्तुहरू पाइने आयोजकले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

उद्योग सङ्घ चितवनका अध्यक्ष त्रिलोचन कँडेलले सुरुआती तीन हप्ता जुत्ताचप्पल मेला हुने र पछिल्लो एक हप्ता खाद्यान्न, लत्ताकपडा, खसी, बोका राखिने जानकारी दिए । यसका लागि विभिन्न उद्योगहरूसँग छलफल भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया