मंगलबार, असोज १६, २०८०

प्रदेश सचिवको खटनबारे सत्तारुढ दलभित्र मतभेद

नेपालखोज २०८० असोज १ गते २१:२६

काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको १० दिन बित्यो । २१ भदौको मन्त्रिपरिषद बैठकबाट सँगै निर्णय भएको विद्यालय शिक्षा सम्बन्धी विधेयक संसदमा दर्ता भइसक्दा पनि निजामती विधेयक अझै संसदमा पुगेको छैन ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको भनाइ मान्ने हो भने संसदमा पेश गर्ने निर्णय भएको संघीय निजामती सेवा विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट मन्त्रालयमा आइसकेको छैन । मन्त्रिपरिषद बैठकले निर्णय गरिसक्दा पनि विधेयक संसदमा लैजान किन भयो त ढिलाइ ?

यसबारे प्रधानमन्त्री कार्यालयका अधिकारीहरु बोल्न चाहँदैनन् । तर, निजामती सेवा विधेयकको मस्यौदा टुंगो लगाउन संयोजनको जिम्मा पाएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का निकट स्रोतका अनुसार अझै पनि संघीय निजामती सेवा ऐनमा केही विषयहरु टुंगो लाग्न बाँकी छ ।

प्रतिक्रिया