सोमबार, असार २३, २०८२

सामूहिक हत्यामा संलग्न आरोपित भण्डारीले भने- म घर कतिखेर जान पाउँछु ?

नेपालखोज २०८० असोज २ गते ७:३१

काठमाडौं । काठमाडौं गैह्रिगाउँमा भएको सामूहिक हत्यामा संलग्न रहेको आरोपित सञ्जय भण्डारीले आफूले गल्ती गरेको भन्दै माफी मागेका छन् ।

प्रहरीले पत्रकार सम्मेलन गर्ने गर्नेमा उनले आफूलाई मिडियामा नदेखाउन आग्रह गरेका थिए । पहिलोपटक हत्या गर्दा जेल जानुपर्छ, प्रहरीले पक्राउ गर्छ भन्ने समेत आफूलाई थाहा नभएको दाबी उनले गरेको  अनुसन्धानमा संलग्न प्रहरीले अधिकृतले जनाएका छन् ।

उनले कागजकाे पाना आफ्ना कुरा लेख्दै घटनाको फटाफट जिम्मा लिएका स्रोतले बताए । त्यही क्रममा उनले घर कतिखेर जान सकिन्छ भनेर प्रहरीलाई लेखेर सोधेका थिए ।

प्रतिक्रिया