शनिबार, जेठ ५, २०८१

ब्रोकर कम्पनीका कर्मचारीहरूलाई सेयर सम्बन्धी तालिम प्रदान

नेपालखोज २०८० असोज २ गते १२:४८

काठमाडौं । क्यापिटल मार्केट ट्रेनिङ्ग ईन्स्टिच्युट प्रा.लि.ले स्टक व्रोकर कम्पनी सिप्रवी सेक्युरिटिज् प्रा.लि. (ब्रोकर नं. २२) का कर्मचारीहरुलाई तालिम दिएको छ ।

नेपालको पुँजीवजारसंग आवद्ध रहेका नियामक निकायहरु, स्टक व्रोकरहरु, निक्षेप सदस्य, राफसाफ सदस्य, मर्चेन्ट वैंकरहरुका कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गरी वृतिविकासमा महत्वपुर्ण योगदान गर्ने उद्देश्यका साथ स्थापित यस ईन्स्टिच्युटले दोस्रो कार्यक्रमकोरुपमा सिप्रबी सेक्युरिटिज् प्रा.लि. (ब्रोकर नं. २२) मा कार्यरत कर्मचारीहरुलाई आफ्नै हलमा तालिम दिने कार्य सम्पन्न गरेको हो ।

उक्त तालिममा पहिलो सत्रमा प्रशिक्षत बिकाश लामाले कर्मचारी र संगठनको सम्बन्ध, कर्मचारीको उत्प्रेरणा, बिकाश र कर्मचारीले संस्थाको सफलतामा खेल्नुपर्ने निर्णायक भुमिकाको बारेमा छलफल गरेका थिए ।

दोश्रो सत्रमा इन्टरनेशनल कर्पोरेट टे«नर मानुषी अग्रवालले ग्राहकहरु संगको सम्वन्ध, प्रस्तुतीकरण, गुनासो सुनुवाई, समस्याको समाधान, गुणस्तरीय सेवाप्रवाह, ग्राहक सन्तुष्टी लगायतका सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेकी थिईन । तालिममा उक्त प्रा.लि.का १५ जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपालको पुँजीबजारमा आवद्ध संस्थाहरुका कर्मचारीहरुलाई समय–समयमा यस्तो प्रकारका तालिमहरु प्रदान गरी गुणस्तरीय सेवाप्रवाह गर्न कर्मचारीहरुको वृतिविकास गर्नुपर्ने नियमकीय प्रावधान समेत रहेको छ ।

क्यापिटल मार्केट ट्रेनिङ्ग ईन्स्टीच्युटले सिप्रबी सेक्युरिटिज् प्रा.लि. संग समन्वय गरि यस प्रकारको तालिम आयोजना गरेकोमा एचआर ट्रेनर बिकाश लामाले सफलता तथा निरन्तरताको लागि शुभकामना व्यक्त गरे ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा धेरै संघ संस्थाहरुमा संस्थागत तालिमकर्ताकोरुपमा प्रशिक्षण दिएतापनि ब्रोकर कम्पनीका कर्मचारीहरु संग आफ्ना अनुभव तथा विषयहरु साटासाट गर्न पाएकोमा अग्रवालले खुसी हुदै धन्यवाद व्यक्त गरिन ।

सोहि कार्यक्रममा सिप्रबी सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष जयन्त श्रिवास्तबले दुवै जना प्रशिक्षकहरुलाई धन्यवाद दिदै यस्ता प्रकारका कार्यक्रमहरुले सम्वद्ध कम्पनीहरुले प्रदान गर्ने सेवाको गुणस्तर बढ्ने हुदाँ यस्ता कार्यक्रमहरुको निरन्तरताको लागि जोड दिएका थिए ।

नेपालको पुँजीबजारमा आवद्ध संस्थाहरुका कर्मचारीहरुको वृतिविकास नै प्रमुख उद्देश्य भएकाले सम्वन्धीत संस्थाहरुसंग समन्वयगरि यस ईन्स्टिच्युटले आगामिदिनहरुमा यस प्रकारका तालिमलाई निरन्तरता दिने समेत जानकारी दिएको छ ।

प्रतिक्रिया