शनिबार, जेठ ५, २०८१

घरेलु मैदानमा साफ यू-१९ च्याम्पियन बन्ने नेपालको लक्ष्य

नेपालखोज २०८० असोज २ गते १९:२७

काठमाडौं ।  साफ यू-१९ च्याम्पियनसिपको दुई पटकको विजेता हो  नेपाल । सन् २०१५ मा नेपालबाटै सुरु भएको प्रतियोगिताको विजेता नेपालले पाँचौं संस्करणको सुरुवात बिहीबार घरेलु मैदानमा पाकिस्तानसँगको खेलबाट गर्दै छ ।

पहिलो र दोस्रो संस्करणको विजेता भए पनि त्यसपछिका दुई संस्करणमा खस्कँदो प्रदर्शन गरेको नेपालले यसपटक घरेलु दर्शकको अगाडि उपाधि जित्ने लक्ष्य राखेको छ ।

तेस्रो संस्करणमा समूह चरणबाटै घर फर्केको नेपाल राउण्ड रोबिन लिगको आधारमा भएको चौथो संस्करणमा तेस्रो स्थानमा रहेको थियो ।

पहिलो संस्करणमा नेपालले उपाधि जित्दा सहायक प्रशिक्षक रहेका सुनिल श्रेष्ठ यस पटक नेपाल यू-१९ टिमको प्रमुख प्रशिक्षक छन् ।

विगतको प्रदर्शनलाई दोहोर्‍याएर राम्रो नतिजा निकाल्ने लक्ष्य राखेका उनले त्यसका लागि नेपालले राम्रो तयारी गरेको दाबी गरेका छन् ।

प्रतिक्रिया