वार्तामा गएनन् शिक्षक, भोलिदेखि माइतीघरमा प्रदर्शन
नेपालखोज
२०८० असोज २ गते २१:२१

काठमाडौं । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्न शिक्षकहरु काठमाडौं आउने क्रम चलिरहेको छ ।
नेपाल शिक्षक महासंघका अनुसार केही शिक्षकहरु काठमाडौं आइसकेका छन् भने कतिपय आउने क्रममा छन् । भोलि बुधबारदेखि पठनपाठन नगर्ने घोषणा गरेको महासंघले ५० हजार बढी शिक्षकलाई माइतीघरमा उतार्ने महासंघले दाबी छ ।
विगतका सहमतिअनुसार विद्यालय शिक्षा विधेयक नआएकाले दबाबमूलक आन्दोलन गर्न लागेको शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले बताइन् ।
शिक्षकहरुले विद्यालय बन्द घोषणा गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यथोचित मागहरु सम्बोधन गर्न तयार रहेको भन्दै वार्तामा बोलायो ।
सम्बन्धित
प्रतिक्रिया