शनिबार, जेठ ५, २०८१

टि-२० विश्वकप छनोटमा नेपाल र ओमान एकै समूहमा

नेपालखोज २०८० असोज ३ गते १८:५०

काठमाडौं । आगमी महिना टियु र मुलपानी क्रिकेट मैदानमा हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल र ओमान एकै समूहमा परेका छन् ।

प्रतियोगिता कार्तिक १३ देखी २० गते ( ३० अक्टोबर देखी नोभेम्बर ६ ) सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । तुलनात्मक रुपमा नेपाल सहज समूहमा परेको छ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक विश्वकप छनोटको प्रतियोगिता आयोजना गर्दैछ ।

समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र एसिया क्वालिफायर ए बाट आउने ए टोली आउनेछन् । एसिया क्षेत्र छनोटमा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेविया छन् ।

एसिया क्षेत्र ए आगमी सेप्टेम्बर २८ देखी ५ अक्टोबर सम्म कतारमा हुँदैछ । जसको विजेता टोली नेपाल आउने छ । नेपालमा हुने विश्वकप छनोटका फाइनलमा पुग्ने दुई टोली आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।
नेपाल २०१४ को टि२० विश्वकप पछि पहिलो पटक खेल्ने सोचमा हुनेछ ।

नेपाल २०२२ ओमानमा सम्पन्न टि-२० विश्वकप छनोटको निर्णायक खेल सेमिफाइनलमा युएईसँग ६८ रनले पराजित हुँदै विश्वकपमा पुग्न सकेको थिएन ।

पछिल्लो एक वर्षमा सानदार क्रिकेट खेलेको नेपालको मनोबल उच्च छ । नेपाल घरेलु दर्शक र मैदानको फाइदा उठाउँदै १० वर्षपछि विश्वकप खेल्ने सोचमा छ । २०२४ को विश्वकपमा २० टोलीले विश्वकप खेल्दैछन् । यसअघि १६ टोलीले मात्रै विश्वकप खेल्दै आएका थिए ।

प्रतिक्रिया