साफ यू-१९ च्याम्पियनसिप आजदेखि, नेपालले आज पाकिस्तानसँग खेल्दै
नेपालखोज
२०८० असोज ४ गते ७:०५

काठमाडाैं । साफ यू-१९ च्याम्पियनसिप प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगितामा नेपालसहित माल्दिभ्स, पाकिस्तान, भारत, बंगलादेश र भुटानले प्रस्तिस्पर्धा गर्दै छन् ।
नेपालको समूहमा पाकिस्तान र माल्दिभ्स छन् भने भारतको समूहमा बंगलादेश र भुटान रहेका छन् । समूह चरणको पहिलो खेलमा नेपालले आज पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ ।
नेपाल र पाकिस्तानबीचको खेल साँझ साढे ५ बजे सुरु हुने छ भने त्यसअघि भारत र बंगलादेशले दिउँसो साढे १ बजे प्रतिस्पर्धा गर्ने छन् ।
सम्बन्धित
प्रतिक्रिया