शनिबार, जेठ ५, २०८१

नेप्सेमा उछाल, ४४ अंकले बढ्दा तीन अर्ब २९ करोडको सेयर किनबेच

नेपालखोज २०८० असोज ४ गते १५:५०

काठमाडौं । नेप्सेमा उछाल देखिएको छ । अघिल्लो दिन अर्थमन्त्री डा. प्रकाश शरण महत र नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबिच भेटवातर्ता भएको छ । सो क्रममा अर्थमन्त्री डा. महतले सेयर धितो कर्जामा लगाउदैं १२ करोड रुपैंयाँको कर्जा सिमालाई कम गर्न गर्भनर आग्रह गरेका थिए ।

सोही बमोजिम राष्ट्र बैकले सेयर धितो कर्जामा कायम रहेको १२ करोडको सिमालाई हटाउने संकेत गरेको थियो । सोही संकेतको प्रभाव साताको अन्तिम कारोबार दिन बिहिबारको सेयर बजारमा देखिएको हो । नेप्से आज ४४ दशमलव ३४ अंकले बढेर दुई हजार २९ दशमलव ७८ अंकमा पुगेको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ५५ अंकले बढेर तीन सय ८८ दशमलव ७२ अंकमा पुगेको छ ।

नेप्सेमा दुई सय ७८ वटा कम्पनीहरुको एक लाख १९ हजार तीन सय ५९ पटकको कारोबारमा एक करोड १२ लाख ६४ हजार तीन सय नौं कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम तीन अर्ब २९ करोड ३९ लाख २१ हजार तीन सय ६८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएकोमा सबै उपसमुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक उपसमुहको सुचक ११ दशमलव शुन्य दुई अंकले बढेर १२ सय ६८ दशमलव ६५ अंकमा पुगेकोमा बिकास बैंक उपसमुहको सुचक पनि एक सय ४२ दशमलव ७४ अंकले बढेर तीन हजार नौं सय २० दशमलव ६७ अंकमा पुगेको छ ।

फाईनान्स उपसमुहको सुचक पनि ७५ दशमलव ७२ अंकले बढेर १७ सय ९७ दशमलव ९५ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय नौं दशमलव ८६ अंकले बढेर २१ सय ७६ दशमलव ४८ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ८० दशमलव शुन्य सात अंकले बढेर १० हजार नौं सय ५२ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ८६ दशमलव ९९ अंकले बढेर १० हजार सात सय ६५ दशमलव ७५ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ उपसमुहहरुको सुचक पनि क्रमशः ८२ दशमलव २८, एक दशमलव ७१, एक सय ४७ दशमलव शुन्य आठ, ८२ दशमलव ३२, शुन्य दशमलव २२, ३३ दशमलव ८८ र १० दशमलव २३ अंकले बढेका छन् ।

नेप्सेमा आज नेशनल हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर एक सय ५८ रुपैंयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा एनआईबिएल प्रगती फण्डको प्रतियुनिट सेयर मुल्य चार दशमलव शुन्य सात प्रतिशतले घटेर सात रुपैंयाँ ७७ पैसामा कारोबार भएको छ ।

यसैगरी आज सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता चार सय ७० रुपैयाँ अन्तिम मुल्यमा २० करोड १८ लाख ३६ हजार चार सय ८३ रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज कारोबार भएका कम्पनीहरु मध्ये कारोबार रकमका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया