आइतबार, जेठ ६, २०८१

‘शिक्षकको माग पूरा गर्दा राज्यलाई अर्बौं भार पर्छ’

नेपालखोज २०८० असोज ४ गते १७:५२

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले शिक्षकको माग पूरा गर्दा राज्यलाई अर्बौ भार पर्ने बताएका छन् ।

शिक्षकलाई पेन्सन पाउन स्थायी शिक्षणको अवधि नपुगेमा १० वर्षसम्म अस्थायी शिक्षण अवधि गणना गर्नुपर्ने आन्दोलनरत शिक्षकको माग पूरा गर्दा अर्बौं भार पर्ने बताएका हुन् ।

खड्काले अस्थायी शिक्षणको अवधि ७ वर्षसम्म गणना गरेर पेन्सन दिन सकिने बताए ।

अहिले शिक्षकहरुले वार्तामा प्रधानमन्त्री नै चाहिने अड्का थापेको उनको भनाइ छ । सरकारले तोकेको न्यूनतम पारिश्रमिकमा नघट्ने गरी स्थानीय तहले बालशिक्षा सहजकर्ताको तलबमान कायम गर्ने पनि कार्यबाहक प्रधानमन्त्री खड्काले बताए । शिक्षक महासंघले अहिले राखेका कतिपय कुराहरु नियमावलीमा उल्लेख गरेर सम्बोधन गर्न सकिने पनि खड्काले बताए ।

कांग्रेसको शिक्षक संघकै प्रतिनिधिहरु पनि आफूले बोलाउँदा छलफल गर्न नआएको खड्काले बताए । ‘हाम्रो शिक्षक संघको अध्यक्षले मलाई भेट्छु भनेको आज सात दिन भयो । मसँग सम्पर्क गर्नुभएको छैन’, उनले भने ।

प्रतिक्रिया