शनिबार, जेठ ५, २०८१

सातामा सात अर्ब ३६ करोडको सेयर किनबेच

नेपालखोज २०८० असोज ५ गते ११:२९

काठमाडौं । यो साता नेप्से दुई हजार २९ दशमलव ७७ अंकमा कायम रहन सफल भएको छ । यसै गरी सेन्सिटिभ पनि तीन सय ८८ दशमलव ७२ अंकमा कायम रहेको छ । 

सातामा कुल दुुई सय ७८ वटा कम्पनीहरुको दुई लाख ८४ हजार एक सय ५६ पटकको कारोबारमा दुई करोड ४१ लाख ३४ हजार छ सय २५ कित्ता शेयर खरिद–बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कारोबार रकम सात अर्ब ३६ करोड ९५ लाख ११ हजार आठ सय ९३ रुपैंयाँ ५८ पैसा पुगेको छ ।

यो कारोबार रकम गत साताको भन्दा दुई अर्ब रुपैंयाँले बढी हो । गत साता दुुई सय ७८ वटा कम्पनीहरुको एक लाख ३३ हजार दुई सय १० पटकको कारोबारमा एक करोड ८१ लाख १७ हजार आठ सय १३ कित्ता शेयर किनबेच भएको थियो ।

जसबाट कुल कारोबार रकम पाँच अर्ब २२ करोड ११ लाख ३५ हजार दुई सय ३७ रुपैंयाँ १२ पैसा पुगेको थियो । यो साता नेप्से चार दिन मात्र खुलेकोमा पहिलो दिन घटेको थियो भने दोस्रो, तेस्रो र पाँचौं दिन बढेको थियो । चौंथो दिन बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

दैनिक सेयर कारोबारको बिश्लेषण गर्दा पहिलो दिन ४२ दशमलव १४ अंकले घटेर १९ सय ६४ दशमलव ९१ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन ४४ दशमलव ३४ अंकले बढेर दुई हजार २९ दशमलव ७८ अंकमा पुग्न सफल भएको थियो ।

यसैगरी पहिलो दिन आठ दशमलव १२ अंकले घटेर तीन सय ७८ दशमलव ६८ अंकमा झरेको सेन्सिटिभ इन्डेक्स अन्तिम कारोबार दिन सात दशमलव ५५ अंकले बढेर तीन सय ८८ दशमलव ७२ अंकमा पुग्न सफल भएको थियो । यि बाहेकका बाँकी दिनहरुमा पनि नेप्से सुचक तथा सेन्सिटिभ इन्डेक्स लगातार बढेको थियो ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्रालि, शिवम सिमेन्ट, सोल्टी होटल आदिको बढी रकम कारोबार हुुँदा शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् ।

बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया