शनिबार, जेठ ५, २०८१

क्यानको निर्वाचन आज

नेपालखोज २०८० असोज ६ गते ८:१४

काठमाडाैं । नेपाल क्रिकेट संघ क्यानको निर्वाचन आज हुँदै छ । काठमाडौंमा जारी केन्द्रीय अधिवेशनमा नयाँ नेतृत्व चयन हुन लागेको हो । वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले कार्यकाल दोहो¥याउने तयारी गरेका छन् । तर, उनलाई सर्वसम्मत हुन नदिने तयारी पनि भएको बुझिएको छ । 

वर्दियाका प्रतिनिधि विनय भण्डारीले अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि चन्दलाई पनि चुनावै लड्नु पर्ने अवस्था देखिएको छ । तर, सबै पदमा सर्वसम्मतको प्रयास भने जारी रहेको बुझिएको छ । यसैगरी उपाध्यक्षमा रोशन सिंहको चर्चा छ भने सचिवमा प्रसान्त मल्ल र पारस खड्काको विचमा चुनावी प्रतिस्पर्धा हुन सक्छ ।

१७ सदस्यीय कार्यसमितिमा अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षबाहेक १३ जना सदस्यका लागि भने चुनावै हुने सम्भावना रहेको छ । १३ पदका लागि २० भन्दा बढी केन्द्रीय सदस्यका आंकक्षी रहेका छन् ।

उम्मेदवारको पहिलो नामावली विहान ११ः२० मा प्रकाशित हुने छ भने दावी विरोध र नाम फिर्ताको समय विहान ११ः५५ बजेसम्मको समय दिइएको छ । त्यसपछि अन्तिम नामावली प्रकाशन, मतदान, मतगणना, मतपरिणाम घोषणा, प्रमाणपत्र वितरण र सपथ ग्रहणको समय भने निर्वाचन समितिले तोकेको छैन । 

प्रतिक्रिया