आइतबार, वैशाख २३, २०८१

संसारभरका धनाड्यले देश छाड्ने क्रम बढ्दो

नेपालखोज २०८० असोज ७ गते ८:२५

विश्वभरको वेल्थ एण्ड इन्भेस्टमेन्ट माइग्रेशनको अध्ययन गर्ने हेनलेको रिपोर्टमा के भनिएको छ भने आफ्नो देश छाडेर अन्य देशमा आफ्नो सपना सजाउनेहरुमा सबैभन्दा ठूलो संख्या चीनको छ, जहाँबाट यो वर्ष १३ हजार ५ सय जना धनाड्यहरु पलायन भएको अनुमान छ ।

जबकि अघिल्लो वर्ष १० हजार ८ सय धनाड्यहरु चीनबाट बाहिरिएका थिए । यो सूचीको तेस्रो स्थानमा बेलायत छ, जहाँबाट यो वर्ष तीन हजार दुई जना जना करोडपतिहरुले देश छाडेको अनुमान छ । त्यस्तै रुसबाट तीन हजार धनाड्यहरु अन्य देशतर्फ पलायन भएका छन् ।

आखिर धनाड्यहरुले नै आफ्नो देश किन छाडिरहेका छन् ? भन्ने जिज्ञासासमेत पैदा भएको छ । वास्तवमा भारतमा ट्याक्स (कर) संग सम्बन्धि नियमहरुमा गरिएको जटिलताका कारण हरेक वर्ष हजारौं धनाड्यहरु भारतबाट पलायन भैरहेका छन् । विश्वभरीका धनाड्यहरुले बसोबासका लागि अहिले अस्ट्रेलिया, दुबई तथा सिंगापुर जस्ता देशहरु छनोट गरिरहेको उक्त रिपोर्टमा उल्लेख छ । यी देशहरुमा ट्याक्ससंग सम्बन्धित नियमहरु लचिलो भएको बताइन्छ ।

उक्त रिपोर्टका अनुसार बेलायत, रुस, ब्राजील, हङकङ, दक्षिण कोरियो, मेक्सिको, दक्षिण अफ्रीका, जापान, भियतनाम, नाइजेरिया जस्ता देशबाट समेत अघिल्लो वर्षको तुलनामा यो वर्ष अझ बढी धनाड्यहरु पलायन हुँदैछन् । अर्कोतिर, अस्टे«लिया, यूएई, सिंगापुर, अमेरिका, स्विट्जरल्याण्ड, क्यानाडा, ग्रीस, फ्रान्स, पोर्चुगल, न्यूजील्याण्ड तथा इटली जस्ता देशमा अघिल्लो वर्षको तुलनामा यो वर्ष अबढी विदेश धनाड्यहरु गएर बस्न सक्ने अनुमान गरिएको छ ।

अहिले करोडपतिहरुका लागि अस्ट्रेलिया सबैभन्दा मनपर्ने देशको रुपमा रहेको छ । अस्टे«लिया सबैको रोजाइमा पर्नुको कारणहरुमा त्यहाँको मौसम, समुदू तट, शान्ति र सुरक्षा, उत्कृष्ट स्वास्थ्य प्रणाली, गुणस्तरीय जीवनशैली, उत्कृष्ट शैक्षिक व्यवस्था, सहज ट्याक्स प्रणाली तथा राम्रो अर्थ व्यवस्थालाई मुख्य कारण मानिएको छ ।

प्रतिक्रिया