शनिबार, जेठ ५, २०८१

१९ अंकले घट्दा दुई अर्ब ३२ करोडको सेयर किनबेच

नेपालखोज २०८० असोज ७ गते १५:३६

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नै नेप्से घटेको छ । नेप्से आज १९ दशमलव ४२ अंकले घटेर दुई हजार १० दशमलव ३५ अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कुल कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव १० अंकले घटेर तीन सय ८५ दशमलव ६२ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ८५ वटा कम्पनीहरुको ८१ हजार १० पटक सेयर कारोबार भएको छ । जसबाट ९० लाख तीन हजार नौं सय ४१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम दुई अर्ब ३२ करोड ६८ लाख ९५ हजार दुई सय छ रुपैंयाँ कायम भएको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा लघुवित्त समुहको सुचक ३६ दशमलव ३६ अंकले बढेर तीन हजार सात सय दशमलव ८० अंकमा चढेको छ भने बाँकी समुहहरुको सुचक घटेका छन् ।

जसमध्ये वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव ७६ अंकले घटेर १२ सय ६२ दशमलव ८८ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक ६४ दशमलव शुन्य आठ अंकले घटेर तीन हजार आठ सय ५६ दशमलव ५८ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ३४ दशमलव ६२ अंकले घटेर १७ सय ६२ दशमलव ३२ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३९ दशमलव ४४ अंकले घटेर २१ सय ३७ दशमलव शुन्य तीन अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ६० दशमलव २९ अंकले घटेर १० हजार सात सय ९१ दशमलव ७२ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ५६ दशमलव ६३ अंकले घटेर १० हजार छ सय नौं दशमलव १२ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः ९२ दशमलव ४३, एक दशमलव १५, ६१ दशमलव शुन्य नौं, शुन्य दशमलव शुन्य सात, १५ दशमलव ८९ र ५४ दशमलव ९१ अंकले घटेका छन् ।

नेप्सेमा आज स्वरोजगार लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर सात सय ३१ रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा शुभम पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर नौं सय ४५ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी माछापुच्छे बैकको भने प्रतिकित्ता दुई सय ६३ रुपैंयाँ ६० पैसा अन्तिम मुल्यमा १३ करोड २४ लाख ९८ हजार नौं सय ५० रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया