मंगलबार, वैशाख १८, २०८१

अबदेखि सानिमा बैंकको सेवा मूल्याङ्कन क्युआर कोडमार्फत

नेपालखोज २०८० असोज ७ गते २०:५४

काठमाडौं । सानिमा बैंकले ग्राहकले सम्पूर्ण कार्यालयहरुमार्फत बैंकको सेवासम्बन्धी आफ्नो अनुभव मूल्याङ्कन गर्न मिल्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैंकको सेवा मूल्याङ्कन गर्न यो सुविधा ल्याएको जनाएको छ ।

सानिमा बैंकका सेवाग्राहीले क्युआरमार्फत बैंकको सेवाको अनुभव मूल्याङ्कन गर्न तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले आफ्नो सम्पूर्ण कार्यालयहरुको काउन्टर र ग्राहक सेवा विभागमा क्युआर कोड उपलब्ध गराएको छ । क्युआर कोड स्क्यान गरी ग्राहकले बैंकमा आफ्नो अनुभव तत्कालै मूल्याङ्कन गर्न तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् ।

बैंकले ग्राहक सेवालाई सुधार गर्दै जाने उद्देश्यले यो पहल गरेको विज्ञप्तिमा उल्लेख छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया