शनिबार, जेठ ५, २०८१

झन्डै छ अंकले घट्दा एक अर्ब ५६ करोडको सेयर किनबेच

नेपालखोज २०८० असोज ८ गते १५:३३

काठमाडौं । नेप्सेको निरन्तरको गिरावटले साताको दोस्रो कारोबार दिन आज सोमबार पनि निरन्तरता पाएको छ ।

अघिल्लो लिन १९ दशमलव ४२ अंंकले घटेको नेप्से आज पुन पाँच दशमलव ८९ अंकले घटेर दुई हजार चार दशमलव ४५ अंंकमा झरेको छ । यसै गरी क वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९४ अंकले घटेर तीन सय ८३ दशमलव ६७ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ८४ वटा कम्पनीहरूको ७८ हजार चार सय २१ पटकको कारोबारमा ६५ लाख १६ हजार छ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ५६ करोड ५५ लाख ७३ हजार चार सय ७१ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा दुई वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये जलबिद्युत समुहको सुचक १९ दशमलव ८४ अंकले बढेर २१ सय ५६ दशमलव ८८ अंकमा पुगेकोमा सामुहिक लगानी कोष समुहको सुचक पनि शुन्य दशमलव शुन्य सात अंकले बढेको छ ।

वाणिज्य बैंक समुहको सुचक भने चार दशमलव ५४ अंकले घटेर १२ सय ५८ दशमलव ३४ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि चार दशमलव शुन्य पाँच अंकले घटेर तीन हजार आठ सय ५२ दशमलव ५२ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि एक दशमलव ८४ अंकले घटेर १७ सय ६० दशमलव ४८ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि ७९ दशमलव २६ अंकले घटेर १० हजार सात सय १२ दशमलव ४५ अंकमा झरेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ५५ दशमलव ४० अंकले घटेर १० हजार पाँच सय ५३ दशमलव ७१ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः ३४ दशमलव ५८, शुन्य दशमलव ६६, २३ दशमलव शुन्य दुई, २२ दशमलव ९२, तीन दशमलव २० र छ दशमलव ३१ अंकले घटेका छन् ।

नेप्सेमा आज माईखोला हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर दुई सय ८९ रुपैंयाँ ३० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा शुभम पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर आठ सय ५० रुपैंयाँ ५० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको पनि प्रतिकित्ता चार सय ५९ रुपैंयाँ अन्तिम मुल्यमा सात करोड ६८ लाख ९७ हजार चार सय छ रुपैंयाँ ५० पैसाको सेयर कारोबार भएको छ । यो आज कारोबार भएका कम्पनीहरु मध्येमा रकम कारोबारका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया