शनिबार, वैशाख २२, २०८१

एशियाली खेलकुदमा नेपालको क्रीकेट आज

नेपालखोज २०८० असोज १० गते ५:१३

काठमाडौं । नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा आज मंगोलियाको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार बुधबार बिहान ६:४५ मा चीनको हांग्जाउस्थित झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुँदैछ ।

नेपालविरुद्ध खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय क्रीकेटमा डेब्यू गर्नेछ । अन्तर्राष्ट्रिय डेब्यू गर्दै इतिहास रच्ने मंगोलिया युवा टोली आफ्नो उत्कृष्ट क्रिकेट खेल्न चाहन्छ । मंगोलियालाई जित र हारको नतिजासँग खासै मतलब हुने छैन ।

कमजोर मंगोलियाविरुद्ध नेपालले भने विश्व कीर्तिमानहरु बनाउने अवसर पाउनेछ । तीव्र गतिका बलर अभिनाश बोहरा र विकेटकिपर विनोद भण्डारीले यहि खेलबाट नेपाली टिममा पूनरागमन गर्ने सम्भावना छ । टि२० आई मान्यता प्राप्त खेल हुँदा यो खेलाडी र टोली दुवैलाई वरियता सुधार गर्ने अवसर हुनेछ ।

मंगोलियाको टिममा १५ देखी २२ वर्षसम्मका खेलाडी छन् जसमा १८ देखी २० वर्षका खेलाडी बढि छन् । मंगोलियाका खेलाडीहरुले घरेलु टि२० लिग खेल्दै आएका छन् । उक्त लिगमा ८ प्रदेश स्तरका टिमले सहभागिता जनाउँछन् ।

नेपालले आफ्नो दोस्रो खेल आइतबार माल्दिभ्ससँग खेल्नेछ । आइसिसी टि२० विश्वकप एसिया रिजनल क्वालिफायर ए जुधेका कारण माल्दिभ्सले एसियाली खेलकुदमा दोस्रो रोजाईको टिम पठाएको छ ।

नेपालको क्वाटरफाइनल यात्रा लगभग तय जस्तै देखिन्छ । क्वाटरफाइनलमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान मध्ये कुनै एक देसको सामना गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया