शनिबार, जेठ ५, २०८१

एक सय आठ स्वर्णका साथ एशियाडमा चीनको वर्चस्व

नेपालखोज २०८० असोज १३ गते २०:३०

चीन । एशियाली खेलकुद प्रतियोगितामा आयोजक राष्ट्र चीनले शुक्रबार पनि अग्रता कायम गरेको छ । एक सय पाँच आठ, ६६ रजत र ३३ कास्य पदक जितेर आफूलाई पहिलो स्थानमा राख्न चीन सफल भएको हो । गणतन्त्र कोरियालाई एक तहपछि छाड्दै जापान दोस्रो स्थानमा टिक्न शनिबार पनि सफल भएको छ । जापानले २८ स्वर्ण, ३८ रजत र ८७ वटा कास्य पदक जितेको छभने तेस्रो स्थानमा खुम्चिएको दक्षिण कोरियाले २७ स्वर्ण, २८ रजत र ५३ कास्य गरी एक सय आठ पदक हात पारेको छ ।

गत बिहीबारको तुलनामा शुक्रबार केही प्रगति गरेको भारतले शनिबार पनि त्यसलाई निरन्तरता दिएको छ । शुक्रबार चौथो स्थानमा उक्लन सफल भारतीय खेलाडीले देशलाई १० स्वर्ण, १३ रजत र १३ वटा कास्य पदक दिलाएर एशियाड पदक तालिकामा ३६ पदकसहित चौथो स्थान सुरक्षित गरेका छन् । शुक्रबार पाँचौ स्थानमा रहेको थाइल्याण्डलाई पछि पार्दै उज्वेकिस्तान अघि बढेको छ । दश स्वर्ण, ११ रजत र १५ वटा कास्य जितेको उसलाई आफ्नो स्थान सुनिश्चित गर्न धौ–धौ परेको छ । आठ स्वर्ण, ३ रजत र १४ थाइल्याण्ड छैटौँ स्थानमा झरेको छ ।

एशियाडको पछिल्लो पदक तालिकाअनुसार चाइनिज ताइपेइ, हङकङ, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया र इरान क्रमश सातौ, आठौँ, नवौँ र दशौँ स्थानमा छन् । शनिबार महिला भारत्तोलनमा एउटा स्वर्ण पदक जितेर इरानलाई पाखा लगाउँदै उत्तर कोरिया नवौँ स्थानमा उक्लिएको हो । राजनीतिक प्रतिद्वन्द्वी दक्षिण कोरियालाई उत्तरले हराएको हो । शुक्रबार इरान पदक तालिकामा नवौँ स्थानमा थियो । चाइनिज ताइपेइले ७, हङकङले ५, उत्तर कोरियाले ४ र इरानले ३ वटा स्वर्ण पदमा चित्त बुझाएका छन् ।

प्रतिक्रिया