बढ्यो समुन्द्रको तापक्रम

मे यताको औसत विश्वव्यापी महासागरको तापक्रमले सबै रेकर्ड तोडेको छ । सन् २०१६ मा समुन्द्रको सतहमा सबैभन्दा बढी तापक्रम रेकर्ड भएको थियो, त्यसपछि यो वर्ष तापक्रम रेकर्ड स्तरमा पुग्न लागेको छ । यता उत्तरी एट्लान्टिक सागरमा अत्यधिक गर्मीका कारण समुद्रको बढ्दो तापक्रम वैज्ञानिकहरूका लागि विशेष चिन्ताको विषय बनेको छ ।
हामीले एट्लान्टिकको यो भागमा पहिले कहिल्यै तातो लहर देखेका छैनौं । मैले यो आशा गरेको थिइनँ – ब्रिस्टल विश्वविद्यालयका पृथ्वी विज्ञानका प्राध्यापक डानिएला स्मिथ भन्छिन् । जुन महिनामा आयरल्याण्डको पश्चिमी तटमा तापक्रम औसतभन्दा ४ देखि ५ डिग्री बढि सेल्सियससम्म पुग्यो । नेशनल ओशिनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशनले यसलाई श्रेणी ५ को गर्मीको लहर भन्छ, जसको अर्थ अत्यन्त उच्च गर्मी हो।
प्रोफेसर ड्यानिएला स्मिथ भन्छिन् ( तापक्रम बढ्दै गएको यो घटनालाई जलवायु परिवर्तनसँग जोड्न जटिल छ तर यो भइरहेको छ भन्न सकिन्छ । पृथ्वीको तापक्रम बढ्दै गएको र वायुमण्डलको न्यानो हावा महासागरले सोस्दै आएको स्पष्ट भएको उनको भनाइ छ । हाम्रो जलवायु परिवर्तनका मोडलहरूमा प्राकृतिक परिवर्तनशीलता छ तर अहिले यस्ता घटनाहरू देखा पर्दैछन् जुन पहिले भविष्यवाणी गरिएको थिएन -उनी भन्छिन्।
विश्वको ५० प्रतिशत अक्सिजन समुद्रबाट मात्रै पाइन्छ । समुद्री पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनको प्रभावका बारेमा उनी भन्छिन् – जब हामी गर्मीको लहरको बारेमा कुरा गर्छौं, मानिसहरू प्रायः रूखहरू सुकाउने र पहेंलो घाँसको बारेमा सोच्छन् । एट्लान्टिक महासागरको तापक्रम हुनुपर्ने तापक्रम भन्दा ५ डिग्री सेल्सियस बढी तातो छ। यसको अर्थ जीवहरूलाई अब सामान्य रूपमा आफ्नो काम गर्न ५० प्रतिशत बढी खाना चाहिन्छ।
प्रतिक्रिया