शनिबार, जेठ ५, २०८१

१९ औं एसियाली खेलकुद : क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा आज भारतसँग खेल्दै नेपाल

नेपालखोज २०८० असोज १६ गते ६:३६

काठमाडाैं । नेपालले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत क्रिकेटको पहिलो क्वाटरफाइनल खेलमा आज भारतसँग खेल्दैछ ।

सोमबार भएको ‘ड्र’बाट नेपालले भारतलाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो । खेल नेपाली समय अनुसार आज बिहान ६ : ४५ मा झेजिङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा सुरु हुनेछ ।

नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो । भारतले भने आईसीसीको वरीयताअनुसार सोझै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने भएको हो ।

प्रतिक्रिया