शनिबार, जेठ ५, २०८१

१९औं एसियाली खेल : भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने

नेपालखोज २०८० असोज १६ गते ७:०२

काठमाडौं । चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरूष क्रिकेटतर्फ क्वार्टरफाइनलमा भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । खेल चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदै छ ।

भारतले टस जितेपछि कप्तान रितुराज गाइकवाडले ब्याटिङको निर्णय गर्दै नेपाललाई फिल्डिङको निम्तो दिए ।

नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो ।

प्रतिक्रिया