शनिबार, वैशाख २२, २०८१

दुर्घटनाको जोखिम बढेको भन्दै कर्णालीका प्रदेशसभा सदस्यद्वारा सरकारको ध्यानाकर्षण

नेपालखोज २०८० असोज १७ गते २१:१२

भेरीगङ्गा । कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरुले सवारी दुर्घटनाको जोखिम बढेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । आज बसेको प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्दै उनीहरुले पछिल्लो समय सवारी दुर्घटना बढेको भन्दै प्रदेश राजधानी सुर्खेतमा सडकपेटी बिस्तारमा जोड दिए ।

प्रदेशसभा सदस्य गमता विकले दैलेखको आठबिस नगरपालिकाका एक बालकले एरीचोकमा मोटरसाइकलको ठक्करबाट ज्यान गुमाउनुपरेको र दैलेख चामुण्डाकै एक बालक उषा बालबाटिका विद्यालयमा मृत भेटिएको घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराए ।

उनले दोषीलाई कारबाही गरी न्याय दिन माग गर्नुभयो । प्रदेशसभा सदस्य घनश्याम भण्डारीले पनि दुई बालकको मृत्यु भएको घटनामा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरे । उनले सवारी दुर्घटना न्यूनिकरण गर्न सडकपेटीको विस्तारमा सरकारको ध्यानाकर्षण गराए ।

उनले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कागजमा मात्रै सीमित भएको बताउँदै कार्यान्वयनमा जोड दिए । प्रदेशसभा सदस्य रणसिंह परियारले अविरल वर्षाका कारण हुम्लामा पहिरोलगायतका समस्या उतपन्न भएको बताए । वर्षाले धानबाली नष्ट हुनुका साथै पानीघट्ट कुलोसमेत बगाएको भन्दै उनले पीडितलाई उचित क्षतिपूर्तिको माग गरे ।

प्रतिक्रिया