शनिबार, जेठ ५, २०८१

आईसीसी विश्वकप क्रिकेट : न्युजिल्याण्ड विजयी

नेपालखोज २०८० असोज १९ गते ६:०८

काठमाडाैं । आईसीसी विश्वकप क्रिकेटमा न्युजिल्याण्डले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डमाथि गत संस्करणको उप विजेता बनेको न्युजिल्याण्डले ९ विकेटको जित दर्ता गर्न सफल भयो । इंग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य न्युजिल्याण्डले ३६।२ ओभरमा १ मात्र विकेट गुमाएर पूरा गर्न सफल भयो ।

टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ओभरमा ९ विकेट गुमाएर २८२ रनमात्रै बनाएको थियो । इंग्ल्याण्डका जो रुटले ७७ रनको पारि खेल्दा कप्तान जोस बटलरले ४३ रन जोडे । यसैगरी जोनी वेरिस्टोले ३३ रन बनाउँदा हेरी ब्रुकले २५ रन बनाए ।

प्रतिक्रिया