आइतबार, जेठ ६, २०८१

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

नेपालखोज २०८० असोज २० गते १४:१४

काठमाडौं । नवलपरासी पूर्वको देवचुली नगरपालिका–१३ दलदलेस्थित बाईक केयर पार्टसमा शुक्रबार राति आगलागी हुँदा स्पेयर पार्टस, कम्प्युटर, ल्यापटप, फर्निचर लगायतका सामान जलेर करिब ३५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्याङ्जाको वालिङ नगरपालिका–६ मिर्दीस्थित रमेश तामाङको आलमदेवी सिरक डसना उद्योगमा मिटर बक्सको तार सर्ट भई शुक्रबार बेलुकी आगलागी हुँदा सिरक, डसना, सिरक डसना बनाउने मेसिन लगायतका अन्य सामाग्री जलेर करिब १६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरीको कोशी गाउँपालिका–५ कुम्याई बस्ने सूर्य नारायण यादवको गोठमा शुक्रबार राति आगलागी हुँदा चौपाया, अन्नपात, लत्ताकपडा, नगद ३ लाख रूपैयाँ जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया